झापा: झापाका २ छुट्टाछुट्टै स्थानबाट प्रहरीले शुक्रवार १ लाख ५४ हजार बराबरको अवैध समान बरामद गरेको छ ।

शुक्रवार दिउँसो ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका १० बाट भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको ३२ हजार रुपयाँ बराबरको कपडा बरामद गरेको छ भने ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ बाट १ लाख २२ हजार बराबरको अबैध लत्ता कपडा तथा खाद्यान्न बरामद गरेको हो । बरामद समान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाइएको उक्त कार्यालयले जनाएको छ ।