धरान: फुटबलप्रतिको क्रेज एवं लगावले धरानलाई मिनि ब्राजिल भनिन्छ । फुटबल भनेपछि धरानेहरु हुरुक्कै हुन्छन् । साना बच्चादेखि युवा, वृद्धहरुमा फुटबल क्रेज छ ।

यसो भन्दा तपाईलाई पत्यार लागेन ? त्यसो भए धरान १७ स्थित एन्फा टेक्निल सेन्टरमा आज बिहान भएको उमेर समुहका खेलाडी छनौट हेर्नुस् त । सयौं बच्चाहरु यु १३ र यु १६ उमेर समुहको छनौटमा सहभागी हुन पुगेका थिए । एन्फाले यु १३ मा प्रतिशाली खेलाडी छनौट गरेर धरान, बुटवल र च्यासलमा एकेडेमीमा राख्ने तयारी गरेको छ । त्यसैको लागि आज बिहान छनौट कार्यक्रम राखेको थियो । छनौटमा अभिभावकसहित सयौं बालखेलाडीहरु सहभागी भएका थिए । यसो भन्दा अझ पत्यार लागेन भने भोली आइतबार पनि टेक्निकल सेन्टरमा गएर बालखेलाडीहरुको फुटबल क्रेज प्रत्यक्ष हेर्न सक्नुहुन्छ । आज पानीले छनौट कार्यक्रम अवरोध पुर्यायो । अब भोली बिहान ७ बजेदेखि फेरि छनौट कार्यक्रम हुनेछ ।

football-select3

एन्फाका केन्द्रीय मानार्थ वरिष्ठ उपाध्यक्ष एवं एन्फा एकेडेमी सञ्चालक समिति संयोजक किसोर राईका अनुसार आज एकैदिन धरान, इटहरी, इनरुवा र भरौल, बराहक्षेत्रमा खेलाडी छनौट भइरहेको छ । जिल्ला र प्रदेशस्तरीय छनौट पार गरेर केन्द्रीय छनौटमा पनि सफल भएका देशभरका ७५ जना खेलाडीहरुलाई धरान, बुटवल र च्यासलमा २५ जनाको दरले एकेडेमीमा राखिनेछ । उनीहरुलाई ४ बर्षसम्म एन्फाले आवासियरुपमा राखेर प्रशिक्षण दिनेछ । खाने, बस्ने र पढाउने जिम्मा पनि एन्फाले नै लिनेछ ।

यस्तै, आज यु १६ को पनि खेलाडी छनौट भएको हो । तर, उनीहरुलाई एकेडेमीमा राख्नलाई भने होइन । नेपाली यु १६ राष्ट्रिय टिम तयार गर्नलाई यो उमेर समुहको खेलाडी छनौट गरिएको एन्फा मानार्थ वरिष्ठ उपाध्यक्ष राईले बताए । उनीहरुले पनि जिल्ला, प्रदेश हुदै केन्द्रीय छनौट चरण पार गर्नुपर्नेछ । केन्द्रीय छनौटमा पर्न सफल नभएका खेलाडीहरुलाई सुनसरीको ४ क्षेत्रको टिम बनाउने राईको भनाई छ । ती ४ क्षेत्र(धरान, इटहरी, इनरुवा र भरौल,बराहक्षेत्र)मा २५ जना खेलाडीको टिम बनाउने र हरेक साता नियमित प्रशिक्षण गराउने उनले बताए । तिनै सय जनाबाट पनि राम्रो खेलाडी छनौट गरेर जिल्लाको उमेर समुहको टिम बनाउने योजना रहेको राईले बताए ।

football-selections football-select2 IMG_3650 IMG_3627 IMG_3648 IMG_3630