बराहक्षेत्र: प्राचिन हरिद्वारले परिचित सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतराधाममा दोस्रो पिण्डेश्वर अर्धमहाकुम्भ मेला शुरु भएको छ ।

बर्षाले प्रभावित भएको अर्धकुम्भ मेलाको शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । मेलाको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली चतरा आउने कार्यक्रम तय भएको थियो । मौषम प्रतिकुल भएको भन्दै प्रधानमन्त्री ओली उद्घाटन समारोहमा उपस्थित हुन नसकेपछि मुख्यमन्त्री राईको प्रमुख आतिथ्यमा अर्धकुम्भ मेला उद्घाटन गरिएको थियो । प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमार्फत मेलाको सभ्य र सुसंस्कृत रुपमा सम्पन्न होस् भन्ने शुभकामना दिएका थिए । उनले सन्देशमा मेलाले धार्मिक पर्यटनको क्षेत्रमा टेवा पु¥याउने बताएका थिए । कुम्भको उद्घाटन समारोहमा मेची–महाकालीका र छिमेकी देशहरुका साधु सन्तहरुको पनि सहभागिता रहेको थियो । बिहानै देखि पानी परेका कारण कुम्भको उद्घाटन समारोह अपेक्षा गरिएजस्तो रौनक छाउन सकेन । कार्यक्रमस्थल हिलाम्य थियो । पानी जमेर भक्तजनहरुलाई हिड्न असहज भएको थियो ।

IMG_3760

निरन्तरको बर्षाले चिसो बढ्नुका साथै हावा चलेर टेन्टहरु भत्काएको थियो । मेलामा मुख्यमन्त्रीसहित प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारी, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुरमार कार्की, पर्यटन, उद्योग, बन तथा वाताबरणमन्त्री जगदिशप्रसाद कुसियत, संघीय सांसद जयकुमार राई, वालसन्त मोहनशरण देवाचार्य, कृष्णराज, प्रदेशकाका मुख्य सचिब केदार न्यौपाने, अन्य सचिबहरु, सुरक्षा अधिकारीहरुको लगायतको उपस्थिती रहेको थियो ।

kumvaa

अद्र्धकुम्भ मेला एक महिनासम्म चल्ने छ । मेलामा मेची–महाकालीसहित विभिन्न देशका भक्तजनहरु करिब १ करोड बढीले कौशिकी नदीमा कुम्भ स्नान गर्ने र बराह, पिण्डेश्वर महादेवको आराधाना गर्ने जगतगुरु बालसन्त मोहनशरण देवाचार्य बताए । महाकुम्भ मेलामा आउने भक्तजनहरुको लागि प्रदेश सरकारको सहयोग एवं व्यवस्थापनमा खाना, खाजा, आवास सुविधा, खानेपानी, विजुली, निःशुल्क स्वास्थ्य उपचार सेवा, सुरक्षालगायतको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

मेलाको संयोजनको भुमिका प्रदेश सरकारले लिएको छ । प्रदेश सरकारको अस्थायी सम्पर्क कार्यालय समेत मेला परिषरमा खोलिएको छ । मेलाको व्यावस्थापनको लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ दिएको छ । मेलाको व्यावस्थापनको संयोजनको भुमिका आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले लिएका छन् । मेलाको शुरुवात हिजो धरानको पिण्डेश्वर मन्दिरमा अद्र्धरुद्रभिषेक तथा स्तोत्र पाठ गरिएको थियो । कुम्भ घडा कलश शोभा यात्रा निकाल्दै सिधै कुम्भमेला स्थल चतरा लगिएको थियो ।

kumvaaa

IMG_3679 IMG_3669 IMG_3743 IMG_3796 IMG_3781 IMG_3764 IMG_3784 IMG_3710