ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “डे«नमा लडेर एकवर्षमा आठ घाइते” शीर्षकको शीर्षकको समाचार छापिएको छ । जोगवनी–किमाथांका जोड्ने ६ लेन सडकको निर्माण कार्य धमाधम भइरहेको छ । तर सडक निर्माणका क्रममा लापरबाही गरिदा सुनसरीको खनारक्षेत्रमा एकै वर्षमा आठ जना घाइते भएका छन् । खनारमा निर्माण भइरहेको सडकको ड्रेनमा लडेर चैत्र २१ पूर्वराष्ट्रिय गोलरक्षक शम्भु बास्तोला गम्भीर घाइते भए । उनको अहिले विराटनगरको नोवेल अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । खनारकै स्थानीय अभद सरदार पनि गत दशैमा ड्रेनको खाल्डोमा झरे । सख्त घाइते भएका उनलाई उपचारका लागि भारतका सिलिगुडी पुर्याउनु पर्यो । उपचारमा उनको लाखौँ खर्च यो । तर उनलाई न ठेकेदारले क्षतिपूर्ति दियो, न सरकारले । बास्तोला र सरदार जस्तै सडकको ड्रेनमा लडेर एक वर्षमा ८ जना घाइते भइसकेका छन् ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “खैनी–चुरोट बोक्नेलाई कारबाही” शीर्षकको अर्को पनि समाचार छापिएको छ । प्रदेशको समाजिक विकास मन्त्रालयले १ नं. प्रदेशको १४ जिल्लामा रहेका समपूर्ण कार्यालय हाताभित्र आउँदो वैशाख १ गतेदेखि सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाउने भएको छ । विश्व स्वास्थ्य दिवसको अवसरमा मन्त्रालय हाताभित्र सुर्तीजन्य पदार्थ सेवनलाई पूर्ण“ निष्ोध गरेको घोषणा गरेको मन्त्रालयले वैशाख १ गतेदेखि भने १ नं. प्रदेशका सम्पूर्ण मातहतका कार्यालयमा सुर्तीजन्य वस्तु लिएर जाने जो कोहीलाई रोक लगाउने निणर््य गरेको हो ।

नागरिक : आजको नागरिक दैनिकमा “अलैँची सुधार्न कार्ययोजना” शीर्षकको समाचार छापिएको छ । अलैंची उत्पादनमा खास महत्व रहेका पूर्वी पहाडी जिल्लाको भ्रमणपछि भोजपुर नगरपाििलका उपप्रमुख ममिता राईले अंलैचीका समस्या सुल्झाउन संघीय र स्थानीय सरकारले कार्ययोजनानै नबनाई नहुने निश्कर्ष निकालेकी छन् । गुणस्तर, खती विस्तार र तरल रहेको मूल्याबारेका समस्या बुझ्न अलैचँचीको क्षेत्रमा काम गर्ने जिल्लागत सरकारी संयन्त्र अलैंची जोनको समूहसंगै पूर्वी नेपालका भ्रमणपछि राईको भित्री मनले निकालेको निष्कर्ष हो, “मूल्यका बारेमा संघीय सरकार र उत्पादनदेखि गुणस्तर कायमसम्ममा स्थानीय सरकारले कार्ययोजना बनाउनुपर्छ ।”

त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “बारा–पर्सा हुरीमा ज्यान गुमाउनेप्रति शोक मनाइने” शीर्षकको अर्को समाचार पनि छापिएको छ । प्रदेश २ सरकारले बारा र पर्सा जिल्लाको विनाशकारी हुरीमा परि ज्यान गुमाउनेको सम्झनामा चैत्र ३० गते प्रादेशिक शोक मनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले घटनाको ११ औ पुण्यतिथिको अवसरमा आगामी शनिबार बिहान ११ बजे प्रदेशभर २ मिनेट मोनधारण गरी मृतकप्रति श्रद्धान्जली अर्पन गर्ने निर्णय गरेको छ ।