धरान:केहीबेर अघि धरान १३, जिरोपोइन्टमा भएको भयानक दुर्घटनामा परी चालकसहित ४ जनाको मृत्यु भएको छ । मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाका अनुसार मृत्यु हुनेमा ५ महिनाको बच्चासमेत छन् । मृत्यु हुनेमा बस चालक धरान ८ का चक्रबहादुर गुरुङ रहेका छन् । यस्तै, मोरंगको केराबारी ९ का यामकुमारी मगर र उनकी ५ महिनाकी छोरी डिनाको पनि मृत्यु भएको छ । यस्तै, धनकुटाको चौबिसे गाउँपालिका १ का ५७ बर्षीय दलबहादुर मगरको पनि मृत्य भएको छ ।

accident6

डिएसपी तिम्सिनाका अनुसार घाइतेको संख्या ४० भन्दा बढी रहेको छ । घाइतेहरु सबैको हाल वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । ती मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । प्रतिष्ठानका एसिस्टेन्ट डाइरेक्टर डा.विकास साहका अनुसार ३ जनाको आइसियुमा र एक जना बच्चाको पिआइसियुमा उपचार भइरहेको छ । अर्का एक जना घाइतेको न्युरो सर्जरी हुदैछ ।

दुर्घटनामा परेको गाडी धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट धरान आउदै गरेको खुलेको छ । घाइतेहरुको अनुसार चालकले स्टेरिङलाई निक्कै नियन्त्रण गर्न खोजिरहेका थिए । उनीहरुको वयानबाट बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । आकस्मिक कक्षमा घाइतेहरुको भीड छ । बसभित्र कति यात्रु थिए भन्ने खुलेको छैन । घाइतेहरु ६ नम्बर बुधबारे, साम्मेवा, राजारानी, ओख्रे, शुक्रबारे क्षेत्रका बढी छन् ।

accidente accidents accidentz8