पथरी : आफ्नै दुई छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका ३९ वर्षीय जिते माझि –नाम परिवर्तन) लाई अदालतले जन्मकैदको सजाय तोकेको छ ।

मोरङको कानेपोखरी ५ का माझिलाई आफ्नै १२ र १४ वर्षीय छोरीहरुलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा असोज २० गते इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरी मुद्दा चलाएको थियो । उनलाई २५ वर्ष जन्मकैद र थप १६ वर्षसहित ४१ वर्ष जन्मकैद तोकेको हो । छोरीहरु मावली गएर घर फर्कन नमानेपछि सोधीखोजी गर्दा करणीको रहस्य खुलेको थियो । माझीले जबरजस्ती करणी गर्ने गरेको थाहा पाएपछि मावलीतर्फबाट प्रहरीमा उजुरी परेको थियो । –ब्लाष्ट टाइम्स दैनिकबाट