विर्तामोड : झापा अर्जुनधारा नगरपालिका वडा नं. १० कालिस्थानका २४ वर्षिय सुवास खरेल कालि बंला जाहाजी जातको पान खेतीबाट भविश्य खोज्दँै छन ।

२०७४ सालबाट करिव ३ कठ्ठा क्षेत्रफलमा सुरु गरेको ब्यवसायिक पान खेतिबाट अर्जुनधारा १० कालिस्थानका युवा सुवास खरेल लाभान्वितको चरणमा पुगेका छन् । भारतको कलकत्ता स्थित कागदिपबाट विरुवा र सोहि स्थानबाट प्राविधिक समेत ल्याएर सुरु गरेको एसियाकै दोश्रो जातको रुपमा परिचित कालि बंला जहाजी पान खेति झापा जिल्लाका लागि मात्र हैन नेपालमै पहिलो र नमुना खेति बनेको छ ।

नेपालमा खाइने विभिन्न स्वादको पानका लागि पत्ताहरु भारतबाट आउने गरेको अवस्थामा सुवासले नेपालमै उत्पादन गरेर एक चरणको बिक्रि समेत गरीसकेका छन् । व्यवस्थापन संकाय तर्फ वि.वि.एस चौथो वर्ष अध्ययन गरिरहेका सुवास भन्छन्, “पढाइ व्यवस्थापन संकायको भए पनि कृषि कर्म गर्ने सोच बनाएर पान खेतिको सुरुवात गरेको हुँ यसबाट केहि गर्न सकीने संभावना देखेको छु ।” सुवासका बुवा त्रिलोचन खरेलले सुरुवात गरेको भए पान खेतीबाट उत्पादीत पानले बजारको माग धान्न नसकेको बताउदै उनि भन्छन, “अरु कृषि उपजका लागि बजारको समस्या सुन्ने गर्छु तर मलाई पान बेच्न न कसैलाई गुहार्नु पर्छ नत हाट बजार धाउनुनै पर्छ घरमै ब्यापारीहरु आउनु हुन्छ घरबाटै जाडो सिजनमा प्रति पत्ता रु ५ र गर्मी याममा प्रति पत्ता ३ रुपैयाँका दरले बेच्ने गरेको छु ।”

बजारमा ताजा पानको माग अत्याधिक रहेको हुँदा बजारमा माग अनुसार यसको खेती विस्तार गर्ने योजना रहेको बताउँछन युवा उद्यमी सुवास । सुरुमा भारतबाट ११ सय विरुवा ल्याएर खेति प्रारम्भ गर्दा रु ५ लाख लगानि भएको बताउदै उनि भन्छन् “नेपाल सरकारले कृषकका लागि अनुदान दिने गरेको बताए पनि हाल सम्म कुनै पनि अनुदान पाएको छैन भारतबाट विरुवा ल्याउदाँ उल्टै चर्को भन्सार तिरेर ल्याउनु पर्यो ।” भारतबाट विरुवा ल्याउदाँ प्रति विरुवा नेपाली रु १५ परेको बताउँदै सुवास भन्छन्, “११ सय विरुवा रोपेको १ वर्षमै लगभग १० हजार विरुवा वनाउन सफल भएको छु ।”

IMG_2246

यो जातको पान खेति गर्नका लागि मुख्य गरी विरुवालाई खाद्य तत्वका लागि पिना र समय समयमा सिंचाइ सँगै भिटामिन दिनु पर्ने हुन्छ । पान खेति गरिएको स्थानमा कुनै पनि झारपात तथा अन्य वनस्पती उम्रन दिनु नहुने साथै रजश्ववाला भएका महिलाहरुले समेत पान खेती गरिएको ठाउँमा जानु नहुने, दैनिक सफाइमा ध्यान दिनु पर्ने, हावाहुरीबाट जोगाउनु पर्ने लगायतका सावधानिहरु अपनाउनु पर्ने बताउछन् पान खेतीमा सहयोग गरिरहेका लिला प्रसाद खरेल ।

साधारण तया झापा जिल्लामा सुपारी, आँप, लगायतमा पान खेती गर्ने गरिएको भए पनि यो पान भने त्यसरी अन्य वोटमा लगाउने पान भन्दा फरक जात तथा गुणस्तरको भएका कारण कालि वंला जाहाजी जातको पान खेतीले बजार राम्रोसँग लिने तथा बजारको समस्या नहुने देखिन्छ ।