धरान(डेस्क) : मोरङको कटहरी गाउँपालिका २ मा सोमबार राती आगलागी हुँदा अन्दाजी २ लाख मूल्य बराबरको क्षति भएको छ ।

राती १२ बजेको समयमा मोहम्मद अन्जरको खाली जग्गामा सोही गाउँपालिका ३ बस्ने ४५ वर्षीय मोहन ठाकुरले जग्गा भाडामा लिएर बाँस, जस्तापाता र प्लाईले बनाएको कपाल काट्ने सैलुनमा बालेको दियोबाट आगलागी भएको थियो । आगलागीबाट सैलुन सहित भित्र रहेको फर्निचर, नगद १० हजार लगायत सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती साढे १२ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।