धरान: सोमबार दिउँसो करिब १ बजेतिर धरान १३ स्थित जिरोपोइन्टमा भयानक दुर्घटना भयो । जसमा चार जनाको ज्यान गुम्यो । यो दुर्घटनालाई घाइते तथा मृतक परिवारजनहरुले मात्र होइन, धरानेहरुले पनि बिर्सन सकिरहेका छैनन् ।

हिजो दुर्घटना हुदा बसको अघिल्लो सिट र चलाकको साइडमा बसेका यात्रुहरु बढी गम्भीर घाइते भए । चालक भएतिर बस ठोकिएकोले चालकसँगै त्यतापटिका यात्रुहरु च्यापिएका थिए । उनीहरुलाई निकाल्न सम्भव नभएपछि जेसिबि ल्याएर बसलाई तान्नु परेको थियो । घाइतेहरुको यो दर्दनाक अवस्था प्रत्यक्ष देख्नेहरुको मन, मथिंगल अझै पनि विचलित अवस्थामा छ । यो दुर्घटना यति भयानक थियो कि मानिसहरु आज पनि कुन ठाउँमा भएको हो भनेर हेर्न पुगिरहेका छन् ।

IMG_20190409_105925

दुर्घटना भएको २४ घण्टा बिसिकेको छ । केही समयअघि दुर्घटनास्थल पुग्दा त्यहाँबाट बसलाई कोशी राजमार्गको साइडमा खाली जग्गामा सारिएको थियो । दुर्घटनास्थलमा असरल्ल विजुली, टेलिफोन, इन्टरनेटका तारहरु थिए । एउटा जेसिबि पनि त्यही थियो । सडकभरि गाडीको सिसा थियो । विद्युत, टेलिकम र विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीहरु तार मिलाउन ब्यस्त थिए । एक जना ट्राफिक प्रहरी पनि घटनास्थलमा खटिएका थिए । घटना भएदेखि त्यसक्षेत्रमा विजुली,इन्टरनेट आपूर्तिमा पनि समस्या छ । प्रदेश सभामुख प्रदीप भण्डारीको घर हुदै जानकी चोकतर्फ जाने सडकका तारहरु भुईभरी थिए ।

IMG_20190409_105723

बस चालकले शुरुमा टेलिकमको पोलमा बसलाई ठक्कर दिएको प्रष्ट देखिन्थ्यो । त्यो पोल कोशी राजमार्गबाट जानकी चोकतर्फ जाने सडक किनारमा थियो । चालकले त्यो पोलमा बसलाई ठोक्काएर रोक्न खोजेपनि बस तीब्र गतिमा भएकोले रोकिएन । त्यहाँ बस ठोक्किएपछि पल्टिएर(उछिट्टिएर) जानकी चोकतर्फ जाने सडकको अर्को किनारमा बनाइएको सिमेन्टको फुटबल, विजुली र टेलिकमको पोलमा बस ठोक्किएको प्रष्टै देखिन्थ्यो ।

IMG_20190409_105417 IMG_20190409_105836 IMG_20190409_105153