काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले सोमबार ट्वीटमार्फत चार प्रश्न गरे ।

उनले लेखेका थिए– के कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला रु के मलाई गोली हान्न ५० लाख खर्च गर्ने कोही होलान् त रु के कसैले गोली ठोक्ला कि भनेर राजेन्द्र लिङदेन बाटो छोडेर हिँड्छ भनेर कसैले सोचेको होला रु के निर्धारित मितिभन्दा एकैक्षण पर बाँच्ने ताकत कसैसँग होला रु

झापा–३ बाट निर्वाचित सांसद लिङदेनको यस्तो ट्वीट त्यतिबेला आएको थियो, जतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले झापाका तिलकदास पराजुलीलाई पक्राउ गरेको थियो ।

एनसेल र नेपाल टेलिकमका दुई फरक नम्बरबाट ५० लाख नदिए ज्यान लिने धम्की सांसद लिङदेनलाई आएको थियो । लिङदेनकै सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भएका तिलकदास र हुम्ला घर भएका प्रदीप रोकायलाई पक्राउ गरेको हो । –कान्तिपुर दैनिकबाट