काठमाडौं : वर्षौंदेखि उखुको मूल्य निर्धारण र खरिद रकम भुक्तानी दुवैमा किसानलाई अल्झाउँदै आएका चिनी उद्योगीले चालु आर्थिक वर्षमा पनि करिब आठ अर्ब रुपैयाँ भुक्तानी गरेका छैनन् ।

चिनी बढी खपत हुने चाडपर्वका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मूल्यमा झुक्याएर आयात रोक्न सफल व्यवसायीले किसानलाई भुक्तानी दिन आनाकानी गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार नेपाल उद्योग परिसंघको कार्यक्रममा चिनी उद्योगीले आफूलाई पनि झुक्याएको बताएका थिए ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीका अनुसार यो वर्ष किसानले करिब साढे नौ अर्ब रुपैयाँको उखु चिनी उद्योगलाई बिक्री गरेका छन् । ‘अहिलेसम्म करिब डेढ अर्ब रुपैयाँमात्र भुक्तानी भएको छ,’ मैनालीले भने, ‘किसानले आठ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।’  –नागरिक दैनिकबाट