धरान: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको प्रदेश १ समिति गठन गरिएको छ ।

महासंघका कार्यसमिति सदस्य विशन शाक्यको संयोजकत्वमा १७ सदस्यीय प्रदेश १ समिति गठन गरिएको हो । समितिको सह–संयोजकमा निर बहादुर बिक, महासचिबमा नबिन मेन्याङबो, कोषाध्यक्षमा रुद्रबहादुर बिक चुनिएका छन् । यसैगरी, समितिको सदस्यमा टिकाराम विश्वकर्मा, सुर्यबहादुर विश्वकर्मा, रोसेस श्रेष्ठ, पृथ्बी बिक, रााकुमार बिक, गोविन्द राज गिरी, मिरा गजमेर, कुमार बिक, वालकुमार शंकर, सुरज श्रेष्ठ, सुनिल बिक, त्रिभुनाथ फुयाल र केशब खड्का रहेका छन् ।

आज धरानको रत्न इनमा महासंघले पत्रकार सम्मेलन गदै समितिको नामावली सार्वजनिक गरेको हो । महासंघले हिजो मंगलबार प्रदेशका सबै जिल्लाहरुका पदाधिकारी तथा प्रतिनिधिको बृहत भेलाको आयोजना गरेर समितिका पदाधिकारी चयन गरेका थिए ।