धरान:आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ अन्तर्गत बक्सिङ प्रतियोगितामा भाग लिनको लागि सुनसरीका खेलाडीहरुलाई विदाई गरिएको छ ।

सुनसरी जिल्ला बक्सिङ संघले बुधबार धरानमा एक कार्यक्रमको आयोजना गरी खेलाडी तथा प्रशिक्षकलाई विदाई गरिएको हो । सुनसरीबाट एक प्रशिक्षकसहित विभिन्न तौल समूहका ६ जना खेलाडीलाई विदाई गरिएको संघका अध्यक्ष विकास कुमार गुभाजुले बताए । जसमा ३ पुरुष र ३ महिला खेलाडी छन् । अध्यक्ष गुभाजुका अनुसार महिलातर्फ प्रतिमा राई (४८ केजी), जेसीका श्रेष्ठ (५४ केजी) र जीया लिम्बू (५७ केजी छन् भने पुरुषतर्फ विशाल राई (४९ केजी), सुलभरत्न तुलाधर (५९ केजी) र राजेश गुरुङ (६९ केजी) छन् । प्रशिक्षकमा निमा तामाङ छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य देबेन्द्र बहादुर लिम्बू, संघका अध्यक्ष गुभाजुलगायतले विदाई तथा शुभकामना दिएका थिए ।

नेपालगञ्जमा चैत्र २९ गतेदेखि बैशाख ५ गतेसम्म प्रतियोगिता शुरु हुने संघका अध्यक्ष गुभाजुले बताए । ‘चैत्र २९ गतेदेखि बैशाख ५ गतेसम्म प्रतियोगिताह हुन्छ,’उनले भने । यहाँबाट विदाई भएका खेलाडीहरुले प्रदेश नं. १ को प्रतिनिधित्व गर्छन् । खेलाडीहरुलाई प्रदेशस्तरबाट विदाई गर्नुपर्ने भए पनि बेवास्ता गरिएकोले संघले नै विदाई गरेको गुभाजुले बताए । ‘प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी तथा प्रशिक्षकलाई प्रदेशले नै विदाई गर्नुपर्ने हो,’उनले दुखेसो पोखाउदै भने,‘खेलाडीको मनोबल उचो राख्नको लागि हामीले गर्यौ ।’