काठमाडौं : भारतीय विमान कम्पनी जेट एयरवेजको जहाज बुधबार अपराह्न ठूलो दुर्घटनाबाट बचेको छ ।

जेट एयरवेजको उडान नम्बर २६७ को विमान तेल नभरेकै अवस्थामा काठमाडौंबाट दिल्लीका लागि १८३ यात्रु लिएर उडान भर्न लागेको थियो । तर चालकले बेलैमा चाल पाएकाले दुर्घटना टर्यो ।

विमान ‘टेकअफ’ गर्न लाग्दा पाइलटले तेल नभएको चाल पाएपछि आकस्मिक रुपमा जहाजलाई ‘रनवे’बाट घुमाएर पार्किङस्थल लगेका थिए । –नागरिक दैनिकबाट