पाँचथर : हिमालयन शेर्पा क्लब पाँचथरमा जारी तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा न्यू स्टार क्लब सुनसरीलाई ४–३ ले पराजित गर्दै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो । हिमालयनलाई जिताउन डेडी बाम्बाले दुई तथा मानबहादुर तामाङ र विजय श्रेष्ठले एक र एक गोल गरे । पराजित न्यू स्टारका तर्फबाट दिनेश राई, रोशन भुजेल र पारस कटुवालले एक र एक गोल गरेका थिए । हिमालयन शेर्पाका डेडी ‘म्यान अफ दी म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत् शुक्रबार हुने पहिलो सेमिफाइनलमा विजय युथ क्लब हेटौंडा र डीएफसी मोरङ भिड्नेछन् ।