सुडानमा सेनाले ‘कू’ गरी सत्ता हातमा लिएको छ ।

सेनाले प्रदर्शनकारीको माग सम्बोधन गर्दै राष्ट्रपति ओमार अल बसिरलाई हटाएको जनाएको हो । सुडानका रक्षामन्त्री अवख इब्न ओउफले सेनाले सत्ता आफनो हातमा लिइ राष्ट्रपति बसिरलाई पक्राउ गरेको बताए ।

बसिरलाई सुरक्षित स्थानमा राखिने र मुलुकको सीमा २४ घन्टाका लागि बन्द गरिने सेनाले जनाएको छ । सेनाको कदमलगत्तै प्रदर्शनकारीहरुले माग पूरा भएको भन्दै आन्दोलन फिर्ता लिएको जनाएका छन् । बसिर विगत ३० वर्षदेखि सत्तामा रहेका थिए । सन् १९८९ मा सत्तामा आएका उनीविरुद्ध विगत केही महिनादेखि विरोध चर्किएको थियो ।

प्रदर्शन चर्किएपछि उनले संकटकालसमेत घोषणा गरेका थिए । सुडानमा पाउरोटी र इन्धनको मूल्य घटाउन माग गर्दै सुरु भएको प्रदर्शन पछिल्लो समयमा राष्ट्रपति बसिरले सत्ता छाड्नुपर्ने मागमा केन्द्रित भएको थियो ।

प्रदर्शनकाक्रममा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।