विर्तामोड: राष्ट्रिय जनमोर्चा पार्टीले नागरिकता विद्ययक खारेजीको माग गर्दे बिहिबार झापाको विर्तामोडमा प्रर्दशन गरेको छ ।

जनमोर्चाले जन्मका आधारमा नागरिकता प्रदान गर्नु राष्ट्रिय हित विपरीत भएको भन्दै झापामा सांकेतिक र्याली तथा बिरोध प्रर्दशन गरेको हो । राष्ट्रिय जनमोर्चा पार्टी झापाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सदस्य सुरेन्द्र भण्डारीले खुल्ला सिमाका कारण लाखौ गैरनेपालीले नागरिकता पाएको भन्दै आपत्ति जनाए । उनले देश भरतीय शासकबाट चलेको भन्दै सरकारको आलोचना सोत गरे । सो क्रममा उनले नागरिकता विधेयक फिर्ता गर्नुपर्ने आफुहरुको माग रहेको बताए । त्यसका लागु आफुहरु निरन्तर लागिरहने उनको भनाई छ ।

नेता भण्डारीले गृहमन्त्रीले गरेको परिपत्र सरासर गलत भएको भन्दै अहिले नागरिकता वितरणको मागसहित विराटनगर लगायत देशका विभिन्न भागमा भई रहेको प्रर्दशन भारतीयको चलखेल भएको समेत जिकिर गरे । सो क्रममा पर्दशनकारीहरुले राष्ट्रघाती विधेयक फिर्ता गर, गृहको परिपत्रमा बाडिएको नागरिकता तत्काल खारेज गर, विदेशीलाई नागरिकता वितरण बन्द गर लगायतका प्लेकार्ड समेत प्रर्दशन गरेका थिए ।

प्रर्दशनमा पार्टीक जिल्ला अध्यक्ष सन्तोष कुमार राई लगायतका नेता तथा कार्यक्रताहरुको सहभागीता रहेको थियो । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था समितिमा सात महिनादेखि छलफलकै क्रममा छ । चैत १९ गते गृहमन्त्रालयले जन्मसिद्धका सन्तानलाई नागरिकता दिनु भन्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि सर्वोच्च अदालतले उक्त निर्णय रोक्न आदेश दिएको थियो । गृहको परिपत्रको आधारमा सबैभन्दा धेरै मोरंग, झापा, सुनसरीलगायतका जिल्लाबाट आधारमा नागरिकता लिएका थिए ।