धरान: प्रदेश नं १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले जनप्रतिनिधिहरु जनताको ढुकढुकी बन्नुपर्ने बताएका छन ।

धरान उपमहानगरपालिका वडा नं १३ को शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले जनप्रतिनिधिहरुलाई यस्तो आग्रह गरेका हुन् । उनले जनतासँग जनप्रतिनिधिहरु हरदम हातेमालो गरेर अघि बढ्नुपर्ने पनि बताए । ‘जनप्रतिनिधिहरु जनताको मुटूको ढुकढुकी बन्नुुपर्छ । जनतासँग हरदम हातेमालो गरेर काम गर्नुपर्छ,’सभामुख भण्डारीले भने,‘जनताको मागलाई प्राथमिकता दिदै, सरसल्लाह गर्दै जानुपर्छ ।’

सभामुख भण्डारीले जनप्रतिनिधिहरु आएपछि विकास निर्माणले गति लिएको पनि बताए । उनले आफ्नै वडामा पनि विकास भइरहेको उल्लेख गर्दै जनतासँगै सल्लाह गरेर जनप्रतिनिधिहरु अघि बढ्नुपर्ने पनि बताए । ‘विकास निर्माणको कामहरुले गति लिदै गइरहेको छ, हामी जनताको माग र सल्लाह अनुसार नै कामलाई प्राथमिकता दिएर अघि बढ्छौ,’सभामुख भण्डारीले भने ।

क्यालेण्डरको विमोचन

IMG_20190412_090804

धरान उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयले नयाँ बर्ष २०७६ सालको भित्तेपात्रो(क्यालेण्डर)सार्वजनिक गरेको छ । आज बिहान नयाँ बर्षको शुभकामना आदनप्रदान कार्यक्रममा प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी, वडाअध्यक्ष नेत्रप्रसाद काफ्ले र महिला सदस्यहरुले संयुक्तरुपमा क्यालेण्डर विमोचन गरिएको थियो ।

वडाअधयक्ष काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा जनजागृति समाजका अध्यक्ष प्रेम गुरुङ, अमर टोलसुधार समितिका अध्यक्ष कृष्ण लावती, समाजसेवी दिलिप श्रेष्ठलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै, कवि प्रफुल्ल भण्डारीले नयाँ बर्षको शुभकामनाको कविता पनि वाचन गरेर सुनाएका थिए ।

धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग जुटाइने

धरानको वडा नं १३ ले धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुरमा निर्माण गर्ने घोषणा गरेको अन्र्तराष्ट्रियस्तरको रंगशाला निर्माणमा सहयोग गर्ने भएको छ ।

यसको लागि वडा कार्यालयसहितले आर्थिक सहयोग जुटाउन थालिएको छ । शुभकामना आदनप्रदान कार्यक्रममा आर्थिक सहयोगका अभियन्ता गोपाल प्रयासले सहयोग रसिद वडाअध्यक्ष काफ्लेलाई हस्तान्तरण गरेका थिए भने वडाबासीले आर्थिक सहयोगसमेत हस्तान्तरण गेरिएको थियो ।

IMG_3829