धरान  : आईपिएलमा शुक्रबार भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राईडर्सलाई सात विकेटले पराजित गरेको छ।

कोलकाताले दिएको १७९ रनको लक्ष्य दिल्ली ले१८.५ ओभरमा पुरा गरेको थियो । दिल्लीको जितमा शिखर धवनले नटआउट ९७ रनको पारि खेलेका थिए। यस्तै टोलीको जितका लागि ऋषभ पंतले ४६ रनको योगदान दिए।

जितसँगै दिल्लीले शीर्ष चारमा आफ्नो स्थान बनाउन सफल भएको छ। धवनले हिजोको खेलमा ६३ बल खेल्दै ११ चौका र २ छक्का प्रहार गर्दै ९७ रन जोडेका हुन् भने पंतले ३१ बलमा ४६ रन बनाएका हुन्। दुबैले तेश्रो विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए। पहिले ब्याटिङको निम्ता पाएको कोलकाताले १७८ रन बनायो। कोलकाताका लागि शुभमन गिलले ३९ बलमा ६५ रन बनाएर कोककाताको पारी सम्हालेका थिए। रोबिन उथप्पाले ३० बलमा २८ रन जोचे। यस्तै आन्द्रे रसेलले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४५ रन बनाए। यसमा उनले २६ रन कैगिसो रबाडाको ९ बलमा बनाएका हुन्।

जितसँगै दिल्लीले सात म्याच खेल्दै ४ मा जित हासिल गरेर ८ अंक जोडेको छ। कोलकाताको तेश्रो हारपछि पनि समान ८ अंक रहेको छ। हिजोको खेलमा कोलकाताका नितिश राना, प्रशिध कृष्णा र आन्द्रे रसलले १/१ विकेट लिए भने किमो पल,क्रिस मोरिस र कागीसो रबाडाले समान २-२ विकेट लिए ।