पथरी : मोरङ्गको पथरीमा वैशाख २ देखी नगरस्तरिय खुल्ला फुटबल प्रतियोगीता हुने भएको छ ।

यलम्वर युवा क्लवको आयोजनामा हुने प्रतियोगीतामा पथरीशनिश्चरे नगर भरिका ८ फुटबल क्लवको सहभागीता रहने भएको छ । फुटबल प्रतियोगीताको बारेमा शनिवार पथरीमा पत्रकार सम्मेलन आयोजना गरेर सो बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगीताको विजेताले २० हजार १ सय ११ रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेताले १० हजार १ सय ११ रुपैया,ँ ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगीताको विधागत रुपमा समेत खेलाडीलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट फर्वाड, उदयमान खेलाडी र सर्वोत्कृष्ट खेलाडीलाई नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । प्रत्येक खेलमा म्यानअफ दि म्याच समेत प्रदान गरिने छ । फाइनल खेलका दिन नेपाली राष्ट्रिय टिममा सहभागी पथरी नगरका तिन खेलाडीलाई सम्मान गरिने भएको छ । पुर्व राष्ट्रिय खेलाडी दिपक राई, महिला फुटवलका राष्ट्रिय खेलाडीद्धय दिपा न्यौपाने र सरु सुब्बालाई समेत सम्मान गरिने भएको छ ।