धरान: संखुवासभाको खाँदबारीबाट ट्याक्टरमा जेनेरेटर र पानीटंकी बोकेर मे १ त ६६९२ नम्बरको ट्याक्टर शुक्रबार राती करिब ११ बजे धरानबाट इटहरीतर्फ जादै थियो । ट्याक्टरमा चालकसहित ४ जना थिए । उनीहरु झापाको चन्द्रगढी पुग्नुथियो ।

इटहरीतर्फबाट बा २० च ४०७६ नम्बरकयो बस धरानतर्फ आउदै थियो भने ट्याक्टरको पछाडि को १ ख ४७६१ नम्बरको मारुती कार पनि आउदै थियो । धरानको तीनकुने दक्षिण कोशी राजमार्गमा प्रसिद्ध शनिमन्दिर र विश्वकर्मा बाबाको मन्दिर छ । त्यो भन्दा केही तलतिर खानेपानी संस्थानको टंकी छ । ट्याक्टर त्यहाँ पुग्नै लागेको थियो । ड्याम्म बम पड्केजस्तो आवाज आयो । ट्याक्टर लडखडायो । ट्याक्टरमा चढेकाहरुले के भयो भन्ने भेउ नै पाएनन् । ‘बम पड्के जस्तो आवाज आयो, हामी त अत्तालियौ । ट्याक्टर नालीतिर पस्यो,’घाइते कृष्ण राजवंशीले भने,‘कार ट्याक्टरको पछाडि ट्रलीमा छिरेछ, र फेरि इटहरीबाट आउदै गरेको बससँग ठोक्किएछ ।’

IMG_20190413_102458

शुक्रबार रातीको यो भयानक दुर्घटनामा ४ जनाको ज्यान गएको छ । कार तीब्र गतिमा आएकोले ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएर पुनः विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किन पुग्दा कारको अग्रभाग पुर्णरुपमा क्षतिग्रस्त छ । दुर्घटनामा कारमा सवार इटहरी ५ का अनिल श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको थियो भने इटहरी ४ का मदन लिम्बू र धनकुटाको महालक्ष्मी नगरपालिका ४ का जनक बुढाथोकीको वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस्तै, कार चालक सुन्दर हरैचा नगरपालिकाका गोविन्द बस्नेतलाई विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको लागि लगएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । मृतक चालकलाई वीपी प्रतिष्ठानमा नै ल्याइएको छ । दुर्घटनामा घाइते ट्याक्टरमा सवार कृष्ण राजवंशी, दिलकुमार राजवंशी र विनोद कार्कीको वीपी प्रतिष्ठानस्थित आकस्मिक कक्षमा उपचार भइरहेको छ भने बसमा सवार धरान १७ की सुक्रिकला राईको पनि उपचार भइरहेको छ । 

IMG_20190413_101537

कार ठोक्किएको बसले सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेको उद्योग अरिहन्त जुटमिलबाट धरानका कामदारलाई लिएर आउदै गरेको थियो । औद्योगिक करिडोरका थुप्रै उद्योगहरुले धरानबाट कामदारहरुलाई बसमा नै सिफ्ट अनुसार ल्याउने लैजाने गरेको छ । ‘हामी फैक्ट्रीबाट फर्कदै थियौ । अगाडि नै बसेर साथीहरुसँग कुराकानी गरिरहेको थिएँ, कसरी ठोक्कियो थाहै पाइन,’घाइते सुक्रिकलाले भनिन् । गत सोमबार पनि धरान १३ जिरोपोइन्टमा धनकुटाको ६ नम्बर बुधबारेबाट आउदै गरेको बस दुर्घटना हुदा ४ जनाको ज्यान गएको थियो । पाँच दिनभित्रै पुनः अर्को भयानक दुर्घटनामा ४ जनाको ज्यान गएको हो ।

IMG_20190413_101642 IMG_20190413_105003 IMG_20190413_104954