सोलुखुम्बु : लुक्लामा ल्याण्ड गरिराखेको मनाङ एयरको हेलिकप्टरलाई टेकअफ गर्न लागेको समिट एयरको जहाजले ठक्कर दिदां आइतबार बिहान २ जनाको घटनास्थलमै मृत्यु भएको छ  भने अर्का असई रुद्रबहादुर श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बिहान ९ः२० बजे भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टी गरेका छन ।

उड्न लागेको जहाज धावनमार्गबाट चिप्लिएर  हेलिकप्टरमा ठोक्किएको हो। ‘उड्न लागेको जहाज अनियन्त्रित भएर हेलिकप्टरमा ठोक्किएको भन्ने प्रारम्भिक जानकारी आएको छ,’ प्रजिअ रानाले भने।

दुर्घटना परी तीन जना घाइते भएका छन्। त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार घाइते तीन जनालाई उपचारका लागि हेलिकप्टरबाट राजधानी ल्याइएको छ। उनीहरूको ग्रान्डी अस्पतालमा उपचारमा भइरहेको छ।    प्राम्भिक जानकारी अनुसार हवाईजहाजमा कुनै यात्रु सवार नरहेको रिपोर्ट छ ।

 

plane_lukla2-768x432

सेतोपाटी.कम र खबरहब.कमबाट