सुनसरी:गुराँसको राजधानीका रुपमा प्रख्यात तीनजुरे, मिल्के, जलजले(टिएमजे)क्षेत्रलाई देशकै उत्कृष्ट गन्तब्य वनाउनका लागि पहल थालिएको छ ।

टिएमजे क्षेत्र विस्तार गर्दै उचित ब्यवस्थापनका साथ उत्कृष्ट गन्तब्य वनाउन पहल थालिएको हो । यसैक्रममा संघ, प्रदेश र स्थानीय तीनै तहका सरकार, सांसदहरु, गैरसरकारी संस्था,नीजि क्षेत्र र सरोकारवालाहरु बीच तेहथुमको वसन्तपुरमा वृहत अन्तक्रिया गरिएको छ । टिएमजे क्षेत्रको ब्यवस्थापन कुन मोडलमा गर्न सकिन्छ भन्ने वारेमा वृहत छलफल गरिएको हो ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुशियतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वन तथा वातावरण मन्त्री शक्ति वस्नेत थिए । कार्यक्रममा ताप्लेजुड, संखुवासभा र तेहथुमका १९ वटा स्थानीय तहका प्रमुखहरुको सहभागिता थियो । तीनै जिल्लाका संघ र प्रदेशका सांसदहरु र जिल्ला समन्वय समितिका संयोजकहरु सहभागी थिए । कार्यक्रममा तीनजुरे मिल्के जलजले क्षेत्रलाई कंचनजंघादेखि मकालु अरुण क्षेत्रसम्म ३३ सय वर्गकिलोमिटर क्षेत्र समेटेर सो क्षेत्रको ब्यवस्थित विकास कसरी गर्न सकिन्छ भन्ने बिषयमा २७ जना सरोकारवालाले अन्तक्रियामा आफना धारणा राखेका थिए ।

IMG_20190413_160801

कार्यक्रमलाई सम्वोधन गर्दै वनमन्त्री बस्नेतले छलफलमा आएका धारणाहरुलाई मन्थन गरेर निष्कर्षमा पुगिने वताए । उनले सो क्षेत्रको जैविक विविधताको संरक्षण गर्दै देशकै उत्कृष्ट गन्तब्य बनाउन मन्त्रालयले ध्यान दिने बताए । कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश नम्वर १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुशियतले पुरानो सोच र ढाँचाबाट माथि उठेर यो क्षेत्रको तीब्र विकास कसरी गर्न सकिन्छ भन्ने बिषयमा प्रदेश सरकारको चासो रहने बताए । ताप्लेजुडका संघीय सांसद योगेश भटटराईले टिएमजे क्षेत्रलाई नयाँ गन्तब्यका रुपमा विकास गरेर जनताको सम्मृद्धिसँग जोडनका लागि आफूहरु लागि परेको बताए । उनले कंचनजंघादेखि मकालु अरुणसम्मको क्षेत्र समेटेर टिएमजे नामलाई संसोधन गरेर अघि वढन सकिने बताए ।

484

संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमले टीमएमजे क्षेत्रलाई देशकै एउटा उत्कृष्ट पर्यटकीय क्षेत्र वनाउन नयाँ सोचका लागि अघि वढनुपर्नेमा जोड दिए । उनले पर्यटकीय क्षेत्र भन्नाले काठमाडौ,चितवन र पोखरामात्र होइन टिमएजे क्षेत्र पनि हो भन्ने वनाउन आफूहरुको पहल रहने बताए । तेहथुमका संघीय सांसद भवानी खापुङले स्थानीयवासीको सम्वृद्धी सँग जोडेर सो क्षेत्रको विकास गरिनु पर्ने धारणा राखे । कार्यक्रमलाई प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल,आदिवासी जनजाती उत्थान प्रतिष्ठानका सदस्य सचिव गोविन्द माझी,सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक,आदिवासी जनजाती महासंघका अध्यक्ष जगत वराम,विश्व वन्य जन्तु कोषका नेपाल प्रतिनिधि डा धनश्याम गुरुडले सम्वोधन गरेका थिए ।

राष्टिय योजना आयोगका सदस्य डा केपी ओली र डा महेश्वर ढकाले कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तक्रिया कार्यक्रम अघि वसन्तपुर तीनजुरे हुदै चौकीसम्मको अवलोकन भ्रमण पनि भएको थियो । त्यहाँ अहिले ढकमक्क फुलेर वनै राताम्ये भएको छ । २९ प्रजातीका गुराँस पाइने सो क्षेत्रमा १९ वटा पालिका पर्छन् ।