धरान:धरानको वडा नं २० मा निर्माणाधिन ब्रिटिश गोर्खा स्मृति पर्क सञ्चालक समितिले पर्यटकहरुलाई पुर्याउन टेम्पोको स्टेण्ड थप गर्न व्यवसायीहरुसँग आग्रह गरेको छ ।

निर्माणाको क्रममा नै रहेको पार्कमा पर्यटकीय गतिविधिहरु बढ्न थालेको र पर्यटकहरु आउजाउ गर्ने भएकोले सुविधाको लागि टेम्पो स्टेण्ड राख्न यातायात व्यवसायीहरुलाई समितिले आग्रह गरेको हो । पार्कमा निर्माण सम्पन्न भएको चमेना गृहको आइतबार उद्घाटन गरिए पछि पार्क सञ्चालक समिति अध्यक्ष भूपू क्याप्टेन हरिबहादुर लिम्बूले पर्यटकीय गन्तव्यकोरुपमा विकास हुदै गएको र पर्यटकहरु पनि आउन थालेकोले पार्कसम्म पुग्न टेम्पोहरुको स्टेन राख्न आग्रह गरेका हुन् ।

IMG_20190414_133724

अध्यक्ष लिम्बूका अनुसार यो बिषयमा टेम्पो व्यवसायीहरुसँग पनि औपचारिकरुपमा छलफल गरिनेछ । पत्र पठाएर टेम्पो चालक संघ वा व्यवसायी संघसँग पहल गरिने उनले बताए । ‘म टेम्पो व्यवसायीहरुलाई आग्रह गर्छु, कि आजैदेखि गोर्खा स्मृति पार्कसम्म पर्यटकहरुलाई लैजान टेम्पो स्टेण्ड रहोस्,’उनले भने,‘धरानबाट आउदा गोटागन्ती १ सय ५० र फर्कदा १ सय रुपैया लिनुपर्छ ।’

आफुहरुले कुनै स्वार्थ विना काम गरेको र नाफा कमाउने उद्देश्य पनि नभएकोले सबैले सहयोग गर्न उनले आह्वान गरे । ‘हाम्रो कुनै स्वार्थ छैन, नाफा घाटा पनि हेरिएको होइन । हाम्रो पूर्खाहरुको इतिहास र पहिचान स्थापित गर्नलाई र पर्यटनको विकासको लागि गरिरहेका छौ, त्यसैले सबै पक्षबाट सहकार्यको अपेक्षा गछौ,’उनले भने ।

hari-bdr-limbu