ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “फर्निचर व्यवसायबाट मालामाल” शीर्षकको समाचार छापिएको छ । झापाको वुद्धशान्ति गाउँपालिका १ का ३२ वर्षीय उमेश उपे्रती फर्निचर व्यवसायमा सफल भएका छन् । वुद्धशान्ति गाउँपालिका बुधबारेस्थित फर्निचर वल्र्डका सञ्चालक उनले आफ्नो जीवनको महत्वपूर्ण काम फर्निचर व्यवसाय बताएका छन् । २०७३ सालदेखि उनले फर्निचर व्यवसाय सञ्चालन गर्दै आएका छन् । उप्रेतीले सुरुमा २५ लाखबाट सुरु गरेको फर्निचर व्यवसाय वल्र्ड अहिले १ करोड ५० लाखभन्दा बढीको लगानीमा फर्निचर वल्र्ड सञ्चालन गर्न सफल भएको बताउँछन् ।

नागरिक पूर्वेली :आजको नागरिक पूर्वेली दैनिकमा “किसानलाई आधुनिक उपकरण” शीर्षकको समाचार छापिएको छ । उदयपुरको त्रियुगा नगरपालिकाले नगरवासी किसानलाई आधुनिक कृषि उपकरण हस्तान्तरण गरेको छ । परम्परागत कृषि पेशालाई उन्नत र वैज्ञानिक बनाउँदै परिमार्जित तरिकाले व्यावसायिक कृषि कर्मका लागि नगरपालिकाले आधुनिक उपकरण हस्तान्तरण गरेको जनाएको छ । नगरपालिकाले आयोजित एक कार्यक्रममा खेत जोत्ने मिनी टिलर, धान छिट्ने थ्रेसर, धान काट्ने ब्रसकटर उपकरण किसानलाई वितरण गरेको हो । परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक र प्रविधियुक्त कृषि व्यवसायमा आकर्षण गर्न कृषि उपकरण वितरण गरिएको नगरपाििलकाले जनाएको छ ।

पूर्वी बजार : आजको पूर्वी बजार दैनिकमा “जाँतेमा रोकिएन खोला दोहन” शीर्षकको समाचार छापिएको छ । १ नम्बर प्रदेशका सांसद् उपेन्द्र घिमिरेको गाउँ मोरङको जाँतेमा अवैध रुपमा खोला उत्खनन भइरहँदा पनि सम्बन्धित निकाय भने मौन बस्दै आएको छ । लेटाङ नगरपालिकाभित्र पर्ने तेलीखोला र मोरङगी खोलाबाट ढुंगा, गिटी, बालुवाजन्य उतखनन गरी अवैध रुपमा दिन दहाडै निकासी गर्ने गरेको हो । जिल्ला समन्वय समितिको खोलाठेक्काकै समयमा मोरङ क्षेत्र नं. १ ख का सांसद उपेन्द्र घिमिरे, क का सांसद कुशल साम्बा र मोरङ क्षेत्र नं. ३ क का सांसद सूयर्माराज राइले यसअघि खोला दोहन भएको भन्दै प्रदेश सरकारबाट रोकेका थिए ।

औजार : आजको औजार दैनिकमा “स्थानीय तहमा ६६ करोड बेरुजु” शीर्षकको समाचार छापिएको छ । सुनसरीको दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ वटा गाउँपालिकामा गरी ३६ करोड रुपैयाँ बेरुजु रहेको महालेखापरीषकको ५६ वार्षिक प्रतिवेदनले उल्लेख गरेको छ । सुनसरीको ििवभिन्न गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका गरी ३६ करोड रुपैयाँ बेरुजु रहेको महालेखापरीषकको प्रतिवेदनले उल्लेख गरेको हो ।