काठमाडौं : केन्या प्रहरीले शनिबार १२ नेपाली युवतीलाई पक्राउ गरेको छ ।

उनीहरुलाई बार डान्सरका रुपमा मानव तस्करले केन्या पुर्‍याएका थिए । उनीहरुलाई केन्याको मोम्बासा नियालीस्थित न्यू रंगिला बारबाट पक्राउ गरिएको हो । प्रहरीले १२ नेपाली युवती कसरी केन्या आइपुगे भनेर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीले उनीहरुलाई सोमबार मोम्बासा अदालतमा लैजाने तयारी गरेको छ । –कान्तिपुर दैनिकबाट