धरान: धरान उपमहानगरपालिकाको वडा नं २० स्थित माछामारा डाँडा धरान बजारबाट करिब ९ किलोमिटर उत्तर पश्चिममा अवस्थित छ । साविक विष्णुपादुका गाविस धरानमा गाभिएपछि वडा नं २० भएको छ । विष्णुपादुका कृषि र पर्यटनको क्षेत्रमा विकासको प्रचुर सम्भावना बोकेर पनि ओझेलमा छ, र दुर्गम वडामा पर्छ ।

यही वडाको माछामारा डाँडामा भूपू गोर्खा सैनिक एवं परिवारहरुले करोडौंको लगानीमा ब्रिटिश गोर्खा स्मृति पार्क बनाइरहेका छन् । यो पार्कलाई गोर्खाहरु सैनिकहरुको लागि पवित्र तीर्थस्थलकोरुपमा विकास गर्ने लक्ष्य राखिएको छ । साथै, पर्यटकीय आकर्षणको केन्द्र बनाउने निर्माणकर्ताहरुको भनाई छ । यहाँबाट धरानको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । नजिकै दुरीमा विष्णुपादुका मन्दिर पनि छ । यहाँसम्म पुग्न ग्राभेल बाटो छ । यसलाई पनि सरकारले पक्की बनाइदिए यो क्षेत्रको पर्यटन विकाससँगै स्थानीयबासीलाई धेरै राहत पुग्नेछ ।

gurkha-memorial-park

पार्क निर्माण समितिका संयोजक गजेन्द्र इस्वो पार्कलाई भूपू गोर्खा तथा परिवारहरुको लागि मक्का मदिनाजस्तै पवित्र तीर्थस्थल हुने बताउँछन् । ‘भूपू गोर्खा र परिवारको लागि पवित्रस्थल मक्का मदिनाकोरुपमा विकास गरिरहेका छौ । यहाँ गोर्खा स्मारकको मुनि ७ फिट गहिरोमा घैला छ, त्यहाँबाट पाइप निस्केर मुर्तिको खुट्टामा निस्केको छ,’इस्वोले भने,‘त्यहाँबाट पहिलो र दोस्रो विश्वयुद्ध लड्दा वीरगति प्राप्त हाम्रा पुर्खाहरुको चिहानबाट सातोकोरुपमा माटो ल्याएर राख्दैछौ ।’ हालसम्म फ्रान्स,बेलायत, हङकङ, ब्रुनाई, सिंगापुर,मलेसियाबाट माटो आइसकेको छ ।

पार्क निर्माणमा हालसम्म ३ करोड बढी लगानी भइसकेको छ । यो सबै भूपू गोर्खा सैनिक र तिनका परिवारजनबाट जुटेको सहयोग हो । यो बर्ष धरान उपमहानगरपालिकाले १० लाख रुपैया दिएको छ । त्यसबाहेक सरकारी लगानी छैन । अब भने सरकारले पनि बजेट उपलब्ध गराउनुपर्ने पार्क सञ्चालक समितिका अध्यक्ष एवं भूपू क्याप्टेन हरिबहादुर लिम्बूले बताए । ‘पहिलो चरण सरकारलाई नमागी नै काम सक्नै लाग्यौ, अब दोस्रो चरणमा सरकारले सहयोग गरोस् भन्ने चाहन्छौ, यो हामीले नाफाको लागि गरेको होइनौ,’उनले भने ।

gurkha-park) 1

समितिले पहिलो चरणमा जग्गा खरीदसँगै गोर्खा स्मारक, प्रवेश द्धार, चमेना गृह, हेलि प्याड, कार पार्किङ, २ वटा होम स्टे घर निर्माण गरेको छ भने करिब ५ किलोमिटर दुरीबाट खानेपानीको व्यवस्था पनि गरेको छ । त्यहाँ अझै गुरुयोजनाको खाका अनुसार गोर्खा संग्रहालय, भिसि कटेज, चिल्ड्रेन पार्क, फुटपाथ, अडोटोरियम हल, पिकनिक स्पट, क्याम्पिङ स्पटलगायत संरचनाहरु निर्माण हुन बाँकी नै छ । पहिलो चरणको निर्माण कार्यहरुलाई पुर्णता दिने काम भइरहेको र आगामी नोभेम्बर ११(पप्पी डे)मा पार्कको उद्घाटन गर्ने तयारी रहेको क्याप्टेन लिम्बूले जानकारी दिए । सरकारको पनि सहयोग जुटेमा आगामी ५ बर्षभित्र धेरै काम सक्ने उनको भनाई छ । धरानका भूपू गोर्खाहरुले १२ बिघा ४ कट्ठा जमिन खरीद गरेर गोर्खा स्मृति पार्क बनाउन थालेका थिए । अहिले पार्कको जग्गाको मुल्य नै अहिले लगभग ७२ करोड पुगिसकेको छ भने भौतिक संरचनाको पनि हिसाब गर्दा ७५ करोड बढीको सम्पत्ति छ ।

gurkha-park-gate paragliding gurkha-park-heli2 gurkha-park-vc9