काठमाडौं : नयाँ वर्षको पहिलो दिन आइतबार एक किलो सुनसहित भारतमा एक नेपाली गिरफ्तार भएका छन् ।

रुपन्देही जिल्ला घर भएका धनवन्त कुमार अग्रवाललाई भारतीय सुरक्षाकर्मीले आइतबार एक किलो सुनसहित पक्राउ गरेको हो । उनलाई नेपाल–भारत सीमास्तम्भ नजिकैबाट पक्राउ गरिएको जनाइएको छ ।

स्कुटरमा सवार उनलाई भारततर्फ जाँदै गरेको अवस्थामा रोकेर चेकजाँच गर्दा उनको साथबाट सुन बरामद भएको जनाइएको छ । उनलाई भारतको नौतनवास्थित राजस्व कार्यालयमा बुझाइएको भारतीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । –इमेज खबरबाट