धरान: धरान १५ स्थित बगरकोटमा सिरक, डस्ना उद्योगमा आगलागी भएको छ ।

स्थानीय हरि राईले सञ्चालन गरेको उद्योगमा आगालागी भएको हो । आगलागीले मेशिन र रुवा जलेर नष्ट भएको छ । क्षतिको पुर्णविवरण आउन बाँकी छ । रुवाबाट आगो सल्किएको अनुमान छ । यद्यपी, आगलागीको कारण खुलेको छैन । धरान उपमहानगरपालिकाको २ वटा दमकल र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आइसकेको प्रहरी हवल्दार मोहन यादवले जानकारी दिए ।

bagarkot-agolagi

उनका अनुसार फैक्ट्रीमा प्रवेश गर्ने बाटो साँघुरो भएकोले सानो दमकल मात्र आगलागीसम्म पुगेको थियो । ठुलो दमकलको पानी सानोमा सार्दै आगो निभाउन प्रयोग भएको थियो । आगलागी भएको फैक्ट्री एम.एच.बि.बि.क्यू हाउसदेखि दक्षिणपटि रहेको छ । सञ्चालक राई नभएकोले के कति क्षति भयो भन्ने विवरण नआएको हवल्दार यादवले बताए । ‘सिरक, डस्ना बनाउने फैक्ट्री हो, रुवा भएकोले आगो भित्रभित्रै सल्कियो । अहिले नियन्त्रणमा आइसक्यो,’उनले भने ।

तस्बिर: सनम तामाङ

damkal 1

bagarkot-agolagie0