पथरी: मोरङ्गको पथरीशनिश्चरेमा रहेको लर्र्डवुद्ध वचत तथा ऋण सहकारीले ७० बर्ष नाघेका आफ्ना सेयर सदस्यहरुलाई ज्येष्ठ सदस्य आजिवन भत्ता बितरण गर्ने गरेको छ ।

ज्येष्ठ सदस्यीय आजिवन भत्ता सहकारी मार्फत नेपालमै पहिलो पटक सोे सहकारीले सुरु गरेको सस्थाको दाबी छ । २०७४ वैसाखबाट सुरु गरिएको यो कार्यक्रमवाट हाल ११ जना शेयर सदस्य लाभाविन्त भएको सहकारीका व्यावस्थापक गणेश वाछानाले वताए । सहकारीले ६१ बर्ष नघेका ब्याक्तीहरुलाई सेयर सदस्य खुल्ला गरेको र ९ बर्ष सम्म मासिक बचत गरी कारोवार गर्ने आफ्ना सेयर सदस्यहरु पेन्सन बितरण गर्न सुरु गरेको ब्यवस्थापक राईले बताए ।

सस्थाका ज्येष्ठ सदस्यलाई जिवन सहज होस भनि भत्ताको व्यावस्था गरिएको हो । सहकारीमा शेयर सदस्य थप गर्न पनि यस किसीमका कार्यक्रम ल्याएको सस्थाका सचिव महेन्द्र ढुङ्गानाले वताए । सहकारीका अध्यक्ष धनराज राईका अनुसार जेष्ठ सदस्यहरुलाई बुढेसकालको सहारा सहकारी बन्ने वताए । सस्थाले ज्येष्ठ तिर्थाटन, जन्म दिन मनाउने, बार्षिक सम्मान, १ प्रतिशत बढि ब्याज प्रदान, मासिक बचत मिनाह लगायत वृद्ध वृद्धाको लागि बर्षमा ८ ओटा कार्यक्रम चलाउदै आएको छ । संस्थाले ७० बर्षदेखि माथिका आफ्ना ११ जना ज्येष्ठ सेयर सदस्यहरुलाई मासिक ४ सयको दरले ३/३ महिनामा १२ सय आजीवन भत्ता (पेन्सन) वितरण गर्दै आएको छ भने २०७६ साल बैशाखदेखि मासिक ६ सय का दरले प्राप्त गर्ने छन ।