धरान : “सम्भावना, चुनौती र सहकार्यता” भन्ने मुल नारा बोकेको सामाजिक संस्था परिबर्तनको आशा नेपालले धनकुटाको मुलघाट स्थित विश्रान्ति बृद्धाश्रममा बनभोज तथा  स्वास्थ्य शिबिर  सम्पन्न गरेको छ ।

औपचारिक कार्यक्रमको साथ सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री बिकास लम्सालले गरेका थिए भने प्रमुख अतिथि विश्रान्ति मन्दिर ब्यबस्थापन समितिका उपाध्यक्ष श्री सुर्य शेखर श्रेष्ठ हुनुहुन्थ्यो । आश्रममा रहनुहुने ज्येष्ठ महिला ९४ वर्षीय रेनुका पोखरेलको प्रेसर जांच गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो भने उक्त कार्यक्रममा आश्रममा आश्रित ३८ जनाको निःशुल्क स्वास्थ्य परिक्षण भएको थियो ।

मन्दिर ब्यबस्थापन समितिका महासचिब जनार्धन घिमिरेलेले संस्थाले गरेको कामको प्रशंशा गर्दै संस्थाको प्रगतिको कामना ब्यक्त गर्नुभयो । कार्यक्रमका अतिथि एबम समाजसेवी धर्मराज तिम्सिनाले पनि संस्थाले गरेको सकारात्मक कामको मुल्यांकन गर्दै सम्पूर्णले सहयोग गर्नुपर्ने धारणा राख्नु भयो ।
बत्तीसपुतली, काठमाडौंमा मुख्य कार्यालय  रहेको संस्थाले धरान र इटहरी शाखा मार्फत ५००० भन्दा धेरैको निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरिसकेको र अब चाडै नै पश्चिमको बैतडी र कैलाली मा समेत शाखा बिस्तार गर्ने संस्थाका अध्यक्ष बिकास लम्सालले बताउनुभयो ।