पथरी: झापाको दमकमा रहेको पाथीभरा वेभरेज एण्ड फुड प्रोडक्सन प्रालिले अनाधिकृतरुपमा पानी वेच्ने गरेको भेटिएको छ ।

ईष्ट स्प्रीङ नामको पानी उत्पादन तथा विक्रि गर्दै आएको सो कम्पनीले उत्पादन मिति, उपभोग्य मिति र रजिष्टे«सन नम्वर समेत उल्लेख नभएको पानी वितरण गर्दै आएको भेटिएको हो । गत चैत २७ बुधवारदेखि पथरीमा शाखा खोली आफ्नो वितिय कारोवार थालेको कामना सेवा विकाश बैकले उद्घाटनका दिन खरीद गरेको पानीको लेभलमा प्रिन्ट गतल भएपछि सस्थाले फर्काइदिएको थियो । सोही पानी पानी फुड प्रोक्सनले बजारमा लगेर बिक्री गरेको पाइएको छ ।

प्रतिकार्टुन १ सय ३७ रुपैयाका दरले पथरीका होटलमा सो पानी विक्रि भएको भेटिएको छ । उपभोक्ता ऐनअनुसार कुनै पनि खाद्य बस्तुको उत्पादन मिति र म्याद सकिने मितिसहित ब्याच नं प्रष्ट उल्लेख गरिएको हुनुपर्छ । अन्यथा त्यस्तो उत्पादन बजारमा बिक्रीमा लैजान पाइदैन । तर, उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुग्ने पिउने पानीमा वेभरेजले लापरवाही गरिरहेको छ ।

कामना सेवा विकाश वैंकको लोगो अंकित पानीको वोतलको तौल पनि उल्लेख गरिएको छैन । बैंकको लोगो प्रयोग गरिएको बारेमा पनि बैंक असन्तुष्ट छ । आफ्नो सस्थाको टे«डमार्क कुनै पनि सस्थाले अनाधिकृत रुपमा प्रयोग गरि सस्थाको प्रतिष्ठामा आच आउने काम गरेको पाइए टे«डमार्क दुरुपयोग अन्र्तगको कानुनी कार्वाही गर्न वैंक तयार रहेको व्यवस्थापक विरेन्द्र भण्डारीले बताए । यता फुड प्रोडक्सनका मालिक शशिराज विष्ट गत ४ दिन अगाडी देखी वजारमा रहेको पानी संकलन गर्न कर्मचारी पठाएर गल्ती ढाकछोप गर्न लागि परेका छन् ।