एजेन्सी: नेपालले आईसीसी यू १९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको चौथो खेलमा ओमानमाथि जित हासिल गरेको छ ।

मंगलबार सम्पन्न खेलमा नेपालले दिएको २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको ओमन ७९ रनमा समेटिए पछि नेपालले १ सय ५० रनको फराकिलो जित दर्ता गराएको हो । नेपालको वलर सामुह निरीह झै देखिएको ओमन ४४.१ ओभरमा अलआउट हुदा मात्र ७९ रन जोडेको थियो । ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले बाहेक कसैले पनि दोहोरो अंक बटुल्न सकेनन् । सिराह र तन्नाले समान १३ रन बनाएका थिए ।

नेपालको जितमा पवन सरार्फले १० ओभरमा २ मेडनसहित २४ रन खर्चेर महत्वपुर्ण ३ विकेट लिएका थिए भने प्रतिस जिसी र सुर्य तामाङले समान दुई विकेट एि । त्यस्तै कमलसिंह ऐरी,कुशल मल्ल र भिम सार्कीले समान १ विकेट लिएका थिए ।ओमनका एडील अब्बास ८ रन, अजाम अली ८ रन, नेभ पोजरी १ रनमा पेभिलिएन फर्किएका थिए । यस्तै, प्रथमेश कुम्बले ५ रन, यस मेहता ३, अमनप्रित सिराह ८, मुजाहिर राजा शुन्य,जोइल बिजु ५, अर्जुन सरिथा ८ र सन्जय रविन्द्र २ रनमा आउट भएका थिए ।

क्वालालाम्पुर भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा अल आउट हुँदै २ सय २९ रन बनाएको थियो । नेपालका कप्तान रोहित कुमार पौडेलले महत्वपुर्ण ७५ रन बनाए भने प्रतिस जिसीले ४१ र भिम सार्कीले ३९ रनको महत्वपुर्ण योगदान दिए । ओमानका जिल तन्ना,आजम अली, सन्जय रविन्द्र र मुजाहिर राजाले समान दुई विकेट लिए भने यस मेहता र प्रथमेश कुम्बलेले समान १ विकेट लिएका थिए ।

यसअघि, नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरमा हराएको थियो भने दोस्रो खेलमा युएईसँग १ रनले पराजित भएको थियो । यस्तै, तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । अब नेपालले अन्तिम खेल विहिवार कुवेतसँग खेल्नेछ । नेपाल विश्वकपको लागि छनोट हुन सक्ने अंक गणीतिय सम्भावना रहेको छ ।