धरान:प्रत्येक ग्राहकले बजाज कम्पनीको मोटसाइलक चढ्न सकुन् भन्ने उद्देश्यले बजाज कम्पनीको आधिकारीक विक्रेता अर्बिन एण्ड ब्रोदर्श अटो धरानले ‘महाउत्सब महा एक्सेन्ज मेला’लगाउने भएको छ ।

धरान–८ स्थित सभागृहमा बैशाख ८ गतेदेखि १३ गतेसम्म नयाँ वर्षको अवसरमा यो मेला लगाउन लागिएको हो । मंगलबार धरानमा पत्रकार सम्मेलन गरेर मेलामा बजाज कम्पनीका विभिन्न मोडलका बाइकहरु विक्री तथा एक्सचेन्जका लागि राखिने सञ्चालक अर्बिन तामाङले बताए । उनका अनुसार मेलामा फ्रि चेकअप क्याम्प, हरेक टेस्ट ड्राइभमा आकर्षण उपहार, प्रत्येक मोटरसाइलक खरीदमा फ्रि हेलमेट, लेगगार्ड, बाइक कभर, वाक्स र ल्यापटप व्याग उपहार दिइने छ ।

मेला अवधिभर जुनसुकै कम्पनीका पूराना मोटरसाइकलको न्यूनतम मुल्य ३० हजार रुपैयाँ तोकिएको समेत उनले बताए । ‘मेलाको मुख्य आकर्षण भनेको हामीले जुनसुकै अवस्थामा रहेको, कुद्दै नकुदेको पुरानो मोटरसाइकलको न्युनतम मूल्य ३० हजार तोकेर बाँकी रकम नगद वा फाइनान्सको माध्यमबाट भुक्तानी गरी आफूले चाहेको मोटरसाइकल चढेर जान सकिनेछ । ब्लू बुकमात्र भएपनि मुल्याङकन न्यूनतम मुल्य ३० हजार रुपैयाँ तोकेका छौं,’सञ्चालक तामाङले भने,‘कुनै पनि सरकारी कर पनि तिर्नु नपर्ने सुविधा दिदै मोटरसाइल साट्न सकिने व्यवस्था गरेका छौ ।’

S8080018

मेलामा बजाज कम्पनीले नयाँ वर्षको अवसरमा लागू गरिरहेको ‘उल्टो अफर’ समेत प्राप्त गर्ने जनाइएको छ । जसमा मोटरसाइल खरीद गर्न आउने ग्राहकले मोवाइल एप्समार्फत दुई पटक लक्की स्क्राच गरी छुट पाउने उनले बताए । ‘मोटरसाइलक खरीद गर्नु पहिला र खरीद गरिसकेपछि मोवाइल एप्समार्फत स्क्राच गरेर छुट पाउन सक्नुहुन्छ,’सञ्चालक तामाङले भने,‘मोटरसाइकल खरीद नगरे पनि एउटा स्क्राच गरेर कति छुट पाउछु भनेर जान्न पाउने छन् ।’

मोटरसाइल खरीदमा फाइनान्सको समेत व्यवस्था छ । हुलास इन्सभेष्टमेन्ट कम्पनीले स्पट फाइनान्सको सुबिधासमेत दिने आयोजकको भनाई छ । मेला अवधिभर करिब ३ सय मोटरसाइल विक्री गर्ने आयोजकको लक्ष्य छ । मेलामा प्लोटिना १ सय २५ सिसिदेखि पल्सर २ सय २० सिसिसम्मका बजाज कम्पनीको करिब १३ वटा मोडलहरु राखिने छ । पत्रकार सम्मेलनमा पत्रकारहरुलाई ल्यापटप झोला समेत वितरण गरिएको थियो ।