धरान: गत चैत १७ राति हुरीबतासले प्रदेश २ को बारा र पर्सामा ठुलो जनधनको क्षति पुगेको थियो । आज साँझ त्यस्तै छनक दिने गरी प्रदेश २ र १ मा पनि हावाहुरीसहित बर्षा भइरहेको छ ।

अहिले २ नं प्रदेशको सिरहा, रौतहट, पर्सा क्षेत्रमा हावाहुरीसहित बर्षा भइरहेको छ । यस्तै, प्रदेश १ मा पनि अहिले जोडले हावाहुरीसँगै पानी परिरहेको छ । धरान, विराटनगरलगायत सहरमा अहिले मेघ गर्जनसहित हुरीबतास चलिरहेको छ भने पानी पनि पर्न थालेको छ । चैत १७ गतेको हावाहुरी पीडितहरु अहिले पुनः त्रासमा छन् ।

बाराको फेटा गाँउपालिका क्षेत्रमा पनि मसुल्धारे पानी र हुरीबतास चलिरहेको छ । रौतहटमा केही विजुलीका पोल ढलेको र केही घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले मिडियाहरुलाई जानकारी दिएका छन् ।