ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “ठेकेदारले ध्यान नदिँदा मजदुरको ज्यान जोखिममा” शीर्षकको समाचार छापिएको छ । विराटनगरमहानगरपालिका क्षेत्रमा भइरहेका विकास निर्माणका काममा मजदुरहरुको सुरक्षालाई ध्यान नदिइदाँ उनीहरु जोखिम मोलेर काम गर्न बाध्य छन् । सडकको विस्तारसंगै बिजुलीका पोलहरु सार्नको लागि ठेकेदार कम्पनीले कामदारको सुरक्षाको लागि विशेष ध्यान पुर्याएको छैन । ठेक्का पाएको कम्पनीले सुरक्षित मापदण्ड प्रयोग नगर्दा कामदारहरु विना सुरक्षा झुण्डिएर काम गर्न बाध्य छन् । त्यष्सरी काम गर्दा उनीहरुको ज्यान खतरामा पर्ने गरेको छ । असुरक्षित तरिकाले काम गर्ने क्रममा मङ्गलबार एक कामदारको ज्यान गएकोछ । विराटनगरस्थित जिल्ला सरकारी वकिल कार्यालयअगाडि निर्माणाधीन सडक नजिकैको पोलमा करेण्ट लागेर एकजना कामदारको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “प्रतिपक्षको अवरोधले स्थगन” शीर्षकको समाचार छापिएको छ । प्रमुख प्रतिपक्षी नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रदेशसभाको बैठक स्थगन भएको छ । दुई सातापछि मंगलबार ३ बजे बोलाइएको बैठक सञ्चालन हुनासाथ नेकपाका प्रमुख सचेतक सुन्दर विश्वकर्मा र कांग्रेसका प्रमुख सचेतकउ उपेन्द्र कुशवाहाले आफुहरुको असन्तृष्टिबारे प्रदेश सरकारले जवाफ नदिएको भन्दै स्पष्ट जवाफ आउने निश्चित नभएसम्म संसद चल्न नदिन चेतावनी दिए । नेकपाका विश्वकर्मा र कांग्रेसका कुशवाहाले क्रमसः आफ्नो कुरा राखिसकेपछि दुवै दल सम्बद्ध सांसदहरुले उठेर बैठक अवरोध गरे ।

पूर्वी बजार : आजको पूर्वी बजार दैनिकमा “वंशजको आधारमा नागरिकता दिने बाटो खुल्यो” शीर्षकको समाचार छापिएको छ । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न बाटो खोलिदिएको छ । चैत्र १९ गते गृह मन्त्रालयले जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नु भन्दै ७७ वटै जिल्लामा गरेको परिपत्र कार्यान्वयन नगर्ने अन्तरिम आदेश दिएपछि दुवै पक्षलाई मङ्गलबार छलफलका लागिअदालतले बोलाएको थियो ।