झापा: झापाको मेचीनगर नगरपालिका ६ बाट प्रहरीले करिब १ लाख ६४ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलि गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको समान वरामदगरेको हो । प्रहरीले करिब ७५ हजार मूल्य बराबरको बिभिन्न किसिमका कपडा, ६० हजार मूल्य बराबरको हार्डवेयरका सामान र रंग, १० हजार मूल्य बराबरको बिस्कुट २ कार्टुन, सुर्ती १ किलो र नेपालबाट भारत तर्फ लैजाँदै गरेको स्याउ ३ कार्टुन, खुकुरी चुरोट १० बण्डल बरामद गरेको थियो । बरामद सामान आज मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।