धरान: धरानमा विपरीत दिशाबाट आइरहेको मारुती भेन एकआपसमा ठोक्किएको छ । धरान १३ स्थित धरान ब्यांकेट अघि कोशी राजमार्गमा दुई मारुती जुध्दा दुवैमा क्षति पुगेको छ भने अर्को एउटा टेम्पो पनि सामान्य क्षति पुगेको छ ।

छाता चोक हुदै उत्तरतिर गइरहेको को २ च ९९१ नम्बरको मारुती र छाताचोकतिर झरिरहेको को १ च ८१३५ नम्बरको मारुती भेन मध्याह्न एकापसमा जुधेको थियो । दुवैको अगाडिको सिसा फुटेर क्षतिग्रस्त भएको छ भने कुच्चिएको पनि छ । यस्तै, को १ च ८१३५ नम्बरको मारुतीको पछि गुडिरहेको टेम्पो को २ ह १०९ मा पनि सामान्य क्षति पुगेको छ । दुई मारुती एक्कासी जुधेपछि पछाडिको टेम्पो पनि ठोक्किएको टेम्पो चालक सन्तोष राउतले बताए । उनले भने, 'म पनि विस्तारै आइरहेको थिए, अगाडि मारुती एक्कासी ठोक्कियो, र मेरो टेम्पो पनि पछाडि ठोक्कियो ।' 

IMG_20190417_115759

दुर्घटनामा दुई युवती सामान्य घाइते भए पनि ठुलो क्षति भएन । मोरंग जिल्ला कानेपोखरीका २१ वर्षिय मन्जु मगर र २९ वर्षिय उमा राई सामान्य घाइते भएका छन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक अशोककुमार जवेगुले भने, 'मारुती जधेको हो, तर ठुलो क्षति भएन । सामान्य घाइते मात्र भएको हो ।'

यो दुर्घटना भएको केही मिटर उत्तरमा मात्र गत साता भयानक बस दुर्घटना भएको थियो । धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट आउदै गरेको बस ब्रेक फेल भएपछि चालकले जोगाउन टेफिकमको पोलमा ठोक्काएर रोक्न खोज्दा पल्टिएर दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा चालकसहित ४ जनाको ज्यान गएको थियो । 

IMG_20190417_115939