धरान: मोरङ जिल्लाको सुन्दरहरैचा नगरपाालिका ७ स्थित बेलगाछीमा आज बिहानै शंकास्पदरुपमा फेला परेको कुकरभित्र बासी भात मात्र भएको पाइएको छ

आज नेत्रबिक्रम चन्द्र विप्लवको बन्द आह्वान भएकोले पनि बेलगाछीमा भेटिएको कुकर 'बम' हुुनसक्ने आशंकाले त्यसक्षेत्रमा त्रास फैलिएको थियो । यसले गर्दा पुर्वपश्चिम राजमार्ग फाटफुटमा चलेको सवारीमा पनि अवरोध भएको थियो । तर, नेपाली सेनाको बम डिस्पोज टोलीले शंकास्पद बस्तुलाई डिस्पोज गर्ने क्रममा कुकर भित्र बासी भात मात्र भएको पत्ता लाग्यो ।

शंकास्पद वस्तुलाई डिस्पोज गर्न इटहरीस्थित पुर्वी पृतनाबाट बम डिस्पोज टोली गएको थियो । सोही टोलीले डिस्पोज गर्ने क्रममा कुकरभित्र बासी भात मात्र भएको फेला पर्यो । अहिले सो क्षेत्रमा सवारी आवागमन सुचारु भइसकेको छ । बिहानै प्लाष्टिकको कालो झोलासँगै प्रेसर कुकर पनि राखिएको अवस्थामा फेला परेको थियो ।