पथरीमा : म्यान अफ दि म्याच सनम धिमाल प्रेरित खेलमा सेभेनस्टार फुटबल क्लब पथरीमा जारी पथरीशनिश्चरे स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा  प्रवेश गरेको छ ।

विहिबार भएको खेलमा वुद्ध युथ क्लबलाई ६–३ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको ४ मिनेटमा धिमालले गोल गरेका थिए । १४ औं मिनेटमा वुद्ध युथका लागि देवराज गुरुङले गोल गर्दै बराबरी गोल गरे । खेलको २६ औं मिनेटमा सेभेन स्टारका लागि सनम भुजेलले दोश्रो गोल गरे ।  पहिलो हाफ सम्म २–१ गोल अन्तरले अघि रहेको सेभेन स्टार दोश्रो हाफमा ४ गोल गर्न पुगे । सेभेन स्टारका लागि धिमालले दोश्रो हाफको १४ र २७ औं मिनेटमा गोल गर्दै ह्याट्रीक पूरा गरे । भुजेलले खेलको २९ औं मिनेटमा गोल गरे भने सुरेश राइले इन्जुरी टाइममा गोल गरे । यता वुद्धका तर्फबाट दोश्रो हाफको २७ औं मिनेटमा सिजन तामाङ र ३० औं मिनेटमा सुरेश गुरुङले गोल गरे । शुक्रबार पहिलो सेमिफाइनल खेल आयोजक यलम्बर युवा क्लब र त्रिबेणि युवा क्लब बिच हुने आयोजकले जानकारी दिएको छ । यलम्बर युवा क्लबको आयोजना भएको प्रतियोगिताको विजेताले नगद २० हजार तथा ट्रफि र उपविजेताले नगद १० हजार तथा ट्रफ्री प्राप्त गर्ने छ ।