इटहरी : १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इटहरीबाट एक जना बालक पक्राउ परेका छन् ।

इटहरीकै बालिकालाई जबरजस्ती करणी गरेको आरोमा १७ वर्षीय बालक पक्राउ परेका हुन् । पक्राउ परेका बालकको अनुसन्धान भइरहेको छ । बालक अहिले इन्जिनियरिङ अध्ययनरत छन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी संहिता २०७४ अनुसार सहमति भएर पनि १८ वर्षमुनिका बालिकालाई यौनसम्पर्क राखेमा जबरजस्ती करणी मानिन्छ । त्यही आधारमा बालिकाका अभिभावकको उजुरीको आधारमा बालकलाई पक्राउ गरी मुद्दा चलाएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समीरचन्द्र खरेलले जनाए । उनका अनुसार पक्राउ परेका बालकलाई बाल निगरानी कक्षमा राखेर अनुसन्धान थालिको छ । – नागरिक पूर्वेली दैनिकबाट