काठमाडौं : अमेरिकी सरकारले गैरकानुनी रुपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने विदेशीलाई जेलमा नै राख्ने निर्णय गरेको छ ।

महिनौं लगाएर अमेरिका पुगेका नेपालीले अदालतको निर्णय नआउन्जेल जेलमा बस्नु पर्ने भएको छ । यसअघि यसरी अमेरिका प्रवेश गर्नेले एसाइलम आवेदन दिएपछि धरौटीमा रिहा गर्ने प्रावधान थियो । त्यो प्रावधान बुधबारदेखि हटाइएको छ ।

युएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले दिएको जानकारीअनुसार अमेरिकाका विभिन्न शहरमा बनाइएका ७१ अध्यागमन जेलमा तीनसय भन्दा बढी नेपाली छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट