झापा: झापाको दमकमा रहेको धनेश्वर शिवपञ्चायन मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास हुने भएको छ ।

स्थानीय र प्रदेश सरकारले बिषेश चासोसहित यस मन्दिरको विकासमा नजर लगाएको छ । पौरणिक र ऐतिहासिक महत्वसमेत रहेको मन्दिरलाई अहिले धार्मिक पर्यटकीय स्थलका रुपमा बिकास गरिदैछ । पानीको फोहोरासहितको पोखरी, बगैचा, सामुदायिक भवन निर्माणाधिन अवस्थामा छन् । यी नै निर्माणधिन संरचना र धनेश्वर बाबाको दर्शन गराउन विगत वर्षदेखि निरन्तर पुराण लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्र कार्की बताउँछन् ।

DSC_0555

विभिन्न शिर्षकमा आर्थिक तथा भौतिक सहयोग गर्न थालिएको छ । भने आगामी जेठ ३ गते देखी नेपालकै प्रखर कथा वाचक पण्डितं दिनबन्दु पोखरेलको कथा बाचनमा सप्ताहव्यापी पुराणको आयोजना समेत गरिने भएको छ । परापूर्वक कालमा यस ठाउँमा ठुला ठुला बेलका रुख थिए । बेलका रुखमा यस ठाउँका आदिवासी तथा अहिलेका प्रथम नागरिकले डाङग्रे बावा भन्दै आफ्नै परम्परा अनुसार पुजा गर्ने गरेको २०२९ साल देखी यसै क्षेत्रमा बस्दै आउनु भएका सरस्वती प्रसाद गौतम बताउँछन् । धनेश्वर बाबा दमकमा रहेका अन्य मन्दिरमा राखिएको मुर्ति जस्तो नभएको र स्वउत्पत्ति भएका कारण यस मन्दिरमा आएर आफुले मागेका कुरा पुरा हुने बिश्वास छ रहिआएको छ । झापा दमककी अम्बिका अधिकारी आफ्नो मनोकांक्षा पुरा भएकै कारण आफु यस मन्दिरमा नियमित जसो आउने गरेको सुनाउँछिन् ।

DSC_0563

मन्दिरलाई अवश्यक बिभिन्न संरचना निर्माण सम्पन्न गराउन करिव ४ करोड रुपैँया आवश्यक रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । धार्मिक पर्यटनको प्रचुर संभावना भएरपनि उचित प्रचार प्रसार र व्यवस्थापनको अभावमा अन्त पनि यस्ता थुप्रै मठ मन्दिरहरु ओझेलमा पर्ने गरेका छन् । त्यस्ता ओझेलमा परेका धार्मिक सम्पदाहरुको संरक्षण गरि प्रचार गर्न सके पक्कैपनि धार्मिक पर्यटनको विकासमा टेवा पुग्ने थियो ।