चर्चित पर्यटकीयस्थल भेडेटार नपुग्दै करिब ८ सय मिटर वर्तिर नै पर्छ, धरान ४ देवीथान गाउँ । कोशी राजमार्ग छोडेर करिब ५० मिटर उक्लिनुपर्छ । यही गाउँमा हिजो बिहिबारदेखि ५ घरमा होम स्टे शुरुवात भएको छ । जसको औपचारिक उद्घाटन धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले गरेकी छन् । धरान उपमहानगरपालिकाको पर्यटन समिति, पर्यटन विकासमा निरन्तर सक्रिय सेक्ष ट्राभलिङको उत्प्रेरणाले ५ घरमा घर बास कार्यक्रम शुरु भएको छ ।

यो ठाउँको मुख्य आर्कषण भनेको धरानको दृष्यावलोकन हो । दिनमा त छदैछ, अझ रातमा झिलिमिल धरानको दृष्य यहाँबाट गज्जब देखिन्छ । यहाँबाट सुर्यस्तको मनोरम दृष्य पनि देखिन्छ । देवीथान उचाईमा भएको र त्यहाँबाट दक्षिणतिर खुला ठाउँ भएकोले धरानसँगै तराईको फाँट, सप्तकोशी पनि नियाल्न सकिन्छ । धरान र सुर्यस्त नियाल्नको लागि फलामको मचान पनि स्थानीयले बनाएका छन् ।

IMG_3898

उत्तरतिर भेडेटारसँगै पाथीभारा मन्दिर र साँगुरीगढी देखिन्छ । पुर्व दक्षिणतर्फ हर्दिया, दानाबारी र मोरङको टाकुरी क्षेत्रको सुन्दर दृष्य पनि देखिन्छ । भेडेटार नजिकै भएकोले यहाँको मौषम सितल हुन्छ । करिब ३ किलोमिटरको दुरीमा शिवजट्टा झरना छ । त्यहाँसम्म बिहानै पदयात्रा जान सकिन्छ । शिवजट्टामा सिंहदेवी मन्दिर छ, चुनढुंगाले गाइको थुन आकारमा बनेको । बर्षा नहुदा स्थानीयले पूजा गरेर पानीको आह्वान गर्ने गर्छन् ।

यस्तै, नाम्जे मुनि भालुखोप गुफा छ । स्थानीयले घाँस दाउरा गर्दा त्यो गुफा पत्ता लगाएका थिए । गुफाभित्र करिब १० मिटर गहिरो रहेको छ । बिहानै उठेर त्यहाँसम्म पदयात्रा गर्नुु रमाइलो हुन्छ । गुफा पुग्नुअघि पहाडलाई प्राकृतिकरुपमा नै बक्स कटिङ गरिएको छ, त्यो पनि अचम्मको छ । उहिल्यै गुफामा भालु बस्थ्यो । अचेल चमेरा बस्छन् । त्यसैले गाउँलेहरुले चमेरे गुफा पनि भन्न थालेका छन् ।

अग्र्यानिक परिकार

IMG_20190419_075215

होम स्टे सञ्चालकहरुले पाहुनालाइ अग्र्यानिक खाना र खाजा खुवाउने गर्छन् । अधिकांश गाउँमा नै तरकारी उत्पादन हुन्छ । ढेडो, गुन्द्रुकको अचार, मेसुको अचार, खानासँग लोकल कुखुराको सुप खुवाइन्छ । खाजामा बिहान चियासँग फापरको रोटी दिइन्छ । सिजनमा भुई स्याउँ, उसिनेको आलुसँग खोर्सानी र टमटरको अचार पनि खाजाकोरुपमा दिइन्छ । कोदोको मिठो जाँड र कोदोको लोकल रक्सीको मिठो स्वाद पनि पाहुनाले चाख्न पाउछन् ।

IMG_3896 IMG_3927 IMG_3918 IMG_20190419_070229 IMG_20190419_074101 1 IMG_20190419_065307