पथरी:  मोरङको पथरीशनिश्चरे-१ की २९ बर्षिया रिना बस्नेत शनिबार बिहान मृत अवस्थामा फेला परेकी छिन् ।

शुक्रबार राति पथरीमा आयोजित कन्सर्ट हेर्न निस्किएकी बस्नेतको शव आज शनिबार बिहान मर्निङ वाकमा गएका स्थानीयले नग्न अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव नजिकै रगत समेत बगेको देखिएको छ । उनलाई बलात्कार पछि हत्या गरिएको आशंका प्रहरीले गरेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान बैदेशिक रोजगारीमा छन् । महिलाको शंकास्पद मृत्यु भएपछि स्थानियवासीले सुरक्षा चिन्ता व्यक्त गरेका छन् । राती ११ वजेसम्म पथरीमा कन्र्सट आयोजना भएको थियो । नग्न अवस्थामा फेला परेको उनको शवलाई पोष्टमार्टमका लागि मंगलवारे अस्पताल लाने प्रक्रिया थालिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । विहान करिव ५ वजे शप फेला परेपछि घटनास्थल पुगेको प्रहरीले सो स्थानलाई नियन्त्रणमा लिएको थियो ।

पथरी वजारमा कस्मेटिक पसल गर्दै आएकी वस्नेतको शंकास्पद मृत्यु पछि पथरी उद्योग वाणिज्य संघ पथरीको आकस्मिक वैठक वसेको छ । वस्नेतका श्रीमान वैदेशिक रोजगारमा गएका रहेका छन् भने उनका एक छोरा साथमा रहेका छन् । इप्रका पथरीका अनुसार यस विषयमा अनुसन्धान थालिएको र लासको पोर्टमार्टम पछि अनुसन्धान थप वलियो वनाइने छ । गत महिना पनि पथरीको एक व्यापारीक भवन वाट खस्दा एक युवाको मृत्यु भएको थियो ।