धरान: गोरखा डिपार्टमेन्ट स्टोर प्रालिको ग्राहक बम्पर योजना अन्तर्गत उपहार धरान–१५ की नितु राईले जितेकी छन् । उनले यामाहा कम्पनीको स्कुटी जितेकी हुन् ।

शनिबार गोरखाको धरान शाखामा एक कार्यक्रमको आयोजना गरी राईलाई स्कुटीको चाबी प्रालिका प्रबन्धक बलराम आचार्यले प्रदान गरेका थिए । गोरखाले इटहरीलगायत ५ वटै शाखामा बम्पर उपहार योजना लागू गरेको थियो । २०७५ बैशाख १ देखि चैत्र ३० गतेसम्म २ हजार भन्दा माथीको सामान खरिद गर्ने ग्राहकको लागि लक्की ड्रमार्फत बम्पर उपहार योजनामा सहभागी गराएको थियो । जस अन्तर्गत गोरखाको धरान शाखामा खरिद गर्ने राईलाई परेको हो । गोरखाको इटहरीसहित धरान, पथरी, दमकलगायतमा शाखा रहेको छ ।

58462519_310014709665567_19