धरान: भोली आइतबारदेखि धरानमा शुरु हुने बजाज कम्पनीको ‘महाउत्सब महाएक्सेन्ज मेला’को तयारी पूरा भएको छ ।

बजाज कम्पनीको आधिकारीक विक्रेता अर्बिन एण्ड ब्रोदर्श अटो धरानको आयोजनामा धरान–८ सभागृह परिसरमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको हो । आइतबारदेखि ५ दिन (बैशाख १३ गते)सम्म चल्ने मेलामा बजाजका १३ वटा मोडलका विभिन्न रंगका करिब एक सय बढी मोटरसाइकल राखिने अटोका सञ्चालक अर्बिन तामाङले बताए । उनका अनुसार रिकण्डीसन, फाइनान्स, विमालगायतको ८ वटा स्टल राखिनेछ । ‘रिकण्डीसनको लागि ५ वटा स्टल र बाँकी फाइनान्स, विमालगायतको एकै छाना मुनी ग्राहकको लागि सबै सेवा उपलब्ध गराएका छौं,’उनले भने ।

सभागृह प्रबेशद्वारमा मुख्य गेट निर्माण गरिएको छ भने स्टल बनाउन र कम्पनीको व्यानर राख्ने कामलाई तिब्रता दिइएको छ । मेला परिसरमा वाइफाइको समेत व्यवस्था गरिएको छ । पहिलो दिन २ सय जना अवलोकन गर्न आउने र करिब ६० वटा मोटरसाइलक विक्री गर्ने लक्ष्य राखिएको सञ्चालक तामाङले बताए । बजाज कम्पनीले पहिलो पटक आयोजना गरेको मेलामा ग्राहकको मोटरसाइकलको सुपथ मुल्याङक गरिने उनले बताए । मेलामा फ्रि चेकअप क्याम्प, हरेक टेस्ट ड्राइभमा आकर्षण उपहार, प्रत्येक मोटरसाइलक खरिदमा फ्रि हेलमेट, लेगगार्ड, बाइक कभर, वाक्स र ल्यापटप व्याग उपहार दिइने छ ।

S8130005

मेला अवधिभर जुनसुकै कम्पनीका पूराना मोटरसाइकलको न्यूनतम मुल्य ३० हजार रुपैयाँ तोकिएको छ । जुनसुकै अवस्थामा कुद्ने वा नकुद्ने अथवा विलबुक मात्र भएको मोटरसाइकललाई न्यूनतम मुल्य ३० हजार रुपैयाँ तोकिएको छ । मेलामा बजाज कम्पनीले नयाँ वर्षको अवसरमा लागू गरिरहेको ‘उल्टो अफर’ समेत प्राप्त गर्ने जनाइएको छ । जसमा मोटरसाइल खरीद गर्न आउने ग्राहकले मोवाइल एप्समार्फत दुई पटक लक्की स्क्राच गरी छुट पाउने व्यावस्था गरिएको छ । ग्राहकको सहजताको लागि फाइनान्सको समेत व्यावस्था गरिएको छ । हुलास इन्सभेष्टमेन्ट कम्पनीले स्पट फाइनान्सको सुबिधा दिने भएको छ । मेला अवधिभर करिब ३ सय मोटरसाइल विक्री गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

मेला प्रचार प्रसार तिब्रता

बजाज कम्पनीले धरानमा पहिलो पटक लगाएको मेलाको प्रचार प्रसारलाई तिब्रता दिइएको कम्पनीले जनाएको छ । धरानको विभिन्न चोक तथा घर–घर पुगेर पर्चा पम्प्लेटसहित जानकारी समेत गराउने काम भइरहेको सञ्चालक तामाङले बताए । ‘हामीले मेलाको प्रचारलाई तिब्रता दिएका छौं, एक हप्तादेखि धरानको विभिन्न चोक–चोकमा पुगेर २ वटा गाडीबाट माइकिङ गरिरहेका छौं’,उनले भने,‘पत्रपत्रिका अनलाइन, इल्क्ट्रोनिक मिडियादेखि प्रत्येक घर–घरमा पुगेर पर्चा पम्प्लेट वितरण गर्नुका मार्केटिङका साथीहरुले साक्षत्कार समेत गरिराखेको अवस्था छ’ ।

S8130009

कम्पनीको हट केकको रुपमा पल्सर २०० एनएस

बजाज कम्पनीले ल्याएको पल्सर २०० एनएस बाइक यूवाहरुको मुख्य रोजाइमा रहेको छ । एनएसपछि पल्सर २२० रोजाइमा पर्ने गरेको सञ्चालक तामाङले बताए । ‘यूवाहरुलाई लक्षित गरी हाम्रो कम्पनीको हट केकको रुपमा पल्सर २०० एनएस छ, त्यसपछि पल्सर २२० रोजाइमा पर्छ,’उनले भने,‘बजाज कम्पनीको हट केकको रुपमा यी दुईवटा मोडल छ ।’ धरानको परिपेक्षमा पनि यी दुई वटा मोडल धेरै विक्री हुने गरेको उनको भनाइ थियो । अन्य मोडलहरु पनि विक्री हुने उनले बताए । बजाज कम्पनीले बार्षिक ७० हजार बढी मोटरसाइलक विक्री गदै आएको जनाएको छ ।