सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बसिरको घरमा ठूलो मात्रामा अवैध रकम बरामद भएको छ ।

बरामद मुद्राका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति पदबाट अपदस्थ गरिए लगत्तै उहाँको निवासमा अर्बौं अमेरिकी डलर बराबरको अवैध मुद्रा बरामद गरिएको हो । बरामद गरिएको युरो, अमेरिकी डलर र सुडानी पाउन्ड गरी १ सय ३० मिलियन अमेरिकी डलर बराबरको मुद्रा भएको अधिकारीहरुले जनाएका छन् ।

ठूलो मात्रामा रकम बरामद भएपछि मुद्रा अपचलनको आरोपमा उहाँमाथि अनुसन्धान सुरु गरिएको छ । बसिरलाई अहिले कोबरस्थित कारागारमा उच्च सुरक्षा सतर्कताका साथ राखेर अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।