सप्तरी:सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं ३ मा पर्ने नेपाल भारत सिमा क्षेत्रबाट प्रहरीले अवैधरुपमा भारततर्फ निकासी गरिरहेको मरिचसहित गाडी नियन्त्रणमा लिएको छ ।

शनिबार राती रिब साढे ७ बजे ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले उत्तर दक्षिण सडकमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको को १ च ९०३९ नम्बरको पिकअप गाडी चेकजाच गर्दा अवैध मरिच फेला परेको हो । प्रहरीले पिकअप गाडीका चालक सुनसरी छिटाहा वडा नं ६ का २८ बर्षीय सुन्दर सुतिहारलाई पनि नियन्त्रणमा लिएर मरिच र पिकअप गाडी समेत आबश्यक कारबाहीको लागि भंसार कार्यालय सप्तरी बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा २५ केजीको मरिचको सय बोरा थियो । यसको मुल्य करिब ८ लाख अनुमान गरिएको प्रहरीले जनाएको छ ।