धरानःधरानमा बजाज कम्पनीको ‘महाउत्सब महाएक्सेन्ज मेला’ आज आइतबारदेखि शुरु भएको छ ।

बजाज कम्पनीको आधिकारीक विक्रेता अर्बिन एण्ड ब्रोदर्श अटो धरानले धरान–८ सभागृह परिषरमा मेला लगाएको हो । ५ दिनसम्म चल्ने मेलामा ग्राहकको सुविधाको लागि मोटरसाइलक एक्सचेन्ज सुविधासँगै फाइनान्स, इन्स्यूरेन्सलगायतको सेवाहरु पनि मेलामा उपलब्ध छ । बजाज कम्पनीको १३ वटा मोडलका विभिन्न रंगका करिब १ सय बढी मोटरसाइकल राखिएको छ । धरानका ६ वटा रिकण्डीसन सेन्टरले ग्राहकको मोटरसाइकलको चेकजाँच गरी मुल्य निर्धारण गरिरहेका छन् । मोटरसाइलको न्यूनतम मुल्य ३० हजार रुपैयाँ तोकिएको छ । त्यो भन्दा माथी मोटरसाइलको अवस्था हेरेर मुल्य तोकिन्छ ।

IMG_20190421_104809

पुरानो बाइकको मुल्यको आधारमा ग्राहकसँग बजाज कम्पनीको नयाँ मोटरसाइलक खरीदबिक्री भइरहेको छ । फाइनान्स गर्न चाहनेको लागि फाइनान्सको समेत व्यावस्था गरिएको अटोका सञ्चालक तामाङले बताए । हुलास इन्सभेष्टमेन्ट कम्पनीले स्पट फाइनान्सको सुबिधा दिइरहेको छ भने जेनरल इन्स्युरेन्स कम्पनीले पनि इन्स्युरेन्स सुविधा मेलास्थलमा नै दिएको छ । बजाज कम्पनीले पहिलो पटक आयोजना गरेको मेलामा ग्राहकको मोटरसाइकलको सुपथ मुल्याङक गरिने उनले बताए । मेलामा फ्रि चेकअप क्याम्प, हरेक टेस्ट ड्राइभमा आकर्षण उपहार, प्रत्येक मोटरसाइलक खरिदमा फ्रि हेलमेट, लेगगार्ड, बाइक कभर, वाक्स र ल्यापटप व्याग उपहार दिइने छ ।

IMG_20190421_111748

मेला अवधिभर जुनसुकै कम्पनीका पूराना मोटरसाइकलको न्यूनतम मुल्य ३० हजार रुपैयाँ तोकिएको छ । मेलामा बजाज कम्पनीले नयाँ वर्षको अवसरमा लागू गरिरहेको ‘उल्टो अफर’ समेत प्राप्त गर्ने जनाइएको छ । जसमा मोटरसाइल खरिद गर्न आउने ग्राहकले मोवाइल एप्समार्फत दुई पटक लक्की स्क्राच गरी छुट पाउने व्यवस्था गरिएको छ । मेला अवधिभर करिब ३ सय मोटरसाइल विक्री गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

IMG_20190421_104530 IMG_20190421_111728 IMG_20190421_114042 IMG_20190421_113700 IMG_20190421_111456